Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सांसद चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’मा दुई नेताहरुकाे प्रवेश
सांसद चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’मा दुई नेताहरुकाे प्रवेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Hardik health
काठमाडौं - स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरि दुई नेताहरु प्रवेश गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष लामा र सोनाम घिसिङलाई पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीमा प्रवेश गराएकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकको नागरिकता सुनिश्चित गर भन्न पनि अब अपराध गरे जस्तो भएको बताइन् । दमनका कारण नै आफ्नो पार्टी नागरिक उन्मुक्तिको उदय भएको समेत उनले स्पष्ट पारिन् । उनले भनिन्,‘जहाँ दमन हुन्छ त्यहाँ अवश्यपनि द्धन्द्ध शुरु हुन्छ । नागरिक उन्मुक्ति पार्टीको जन्म नै दमनले भएको हुनसक्छ ।’ उनले हरेक नागरिकको स्वतन्त्रता र उन्मुक्तिको लागि आफ्नो पार्टी स्थापना भएको समेत जानकारी दिइन् । ठुला पार्टीहरुलाई लक्षित गर्दै श्रेष्ठले अल्याङबल्याङ गर्नेहरुले देश विकास नगर्ने जिकिर गरिन् । ‘अल्याङबल्याङ गर्नेहरुले न त देश विकास गर्छन्, नत जनतालाई नैर्सगिक अधिकार दिन्छन् ।’ उनले भनिन्, ‘हामी हार्दैनौ र कहिले पनि हार्न जानेका छैनौ ।’ अध्यक्ष श्रेष्ठले अब संसारले आदीवासीको पहिचान खोजेको उल्लेख गर्दै ठुला दलहरुले नेपाली जनतामाथि दमन गर्दनौ भनेपनि देशका जनताले न्याय र समानता नपाएको जिकिर गरिन् । त्यस्तै, कार्यक्रममा नवप्रवेशी नेताको तर्फबाट मनिष लामाले यो देशको नागरिक बन्नका निम्ति विगतमा १० वर्ष वर्ग संर्घषको नारा लिएर हिडेको बताए । उनले भने,‘१२ बुंदे सम्झौता र १९ दिने जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा पनि युवाहरुको समस्या जहाँको त्यही छ । नेपाली नागरिकको निम्ति वर्ग संघर्षको नारा बोकेर देश परिवर्तनको लागि हिडियो तर उद्देश्य अझै पुरा हुन सकेन् ।’ ठुला पार्टीहरुले वर्ग संघर्षको नाममा युवाहरुको प्रयोग गरेर एउटा प्रजाको रुपमात्रै हेरेको उनले आरोप लगाए । अब नागरिक बन्ने कि नबन्ने भन्ने भएर सोच्न पर्ने समय आएको उनको भनाई थियो । उनले भने,‘अब हामीले जति जानेको छौ, उत्पादन, शिपमुलक सांस्कतिक क्रान्ति लगायतमा सबै ज्ञान यही नागरिक उन्मुक्ति पार्टीमा प्रयोग गर्ने अठोटका साथ प्रवेश गरेका छौ ।’ नेताहरुले जहिलेपनि युवाहरुलाई आफ्नै अनुकुलमा मात्र प्रयोग गर्ने गरेको उनले गुनासो पोखे । ठुला दलले केही गर्ने जोश भएका युवाहरुलाई जहिले पनि भुङ्ग्रामा राख्ने गरेको समेत उनले आरोप लगाए । वर्ग संघर्षको सपना दयनिय हुँदै गएको उनको भनाई थियो । उनले भने,‘नागरिकलाई स्वतन्त्र बनाउने सपना पुरा गर्न म यो पार्टीमा प्रवेश गरेको छु ।’ त्यस्तै, नवप्रवेशी सोनाम घिसिङले सधै दलहरुको झण्डा बोकेर उनीहरुको दास मात्र भएर हिडेको भन्दै अब स्वतन्त्रताको लागि पनि लड्न पर्ने समय आएको बताए । ठुला दलहरु कुशासन, कुसंगति र कुलतमा फसेको उनले आरोप लगाए । उनले भने,‘बानेश्वरमा जात्रा, सडकमा जात्रा लाग्दै लाग्दै नेपालमा अमेरिकी एयर फोर्स समेत आयो । यी सबै देशको समस्यालाई मध्यनजर गर्दै एउटा नागरिकले आफ्नोे दायित्व बुझ्न पर्छ ।’ सबै देशका नागरिकहरुले आफ्नो लागि मात्र नभएर सिंगो देशको लागि सोच्न पर्ने दिन आएको उनको भनाई थियो । उनले भने,‘आज चारैतिर वेतिथिले गर्दा हामी नेपाली जनता साह्रै पिल्सेका छौ । अब हामी यो स्थितिबाट माथि उठ्न पर्छ । देशको नागरिक भएर उभिन, अघि बढ्न र आफ्नो हक अधिकारको लागि लड्न पर्छ ।’
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP