काठमाडौं - जोनसाेनको प्रायोजनमा भब्य बेवि पेजेन्ट शो आयोजना हुने भएकाे छ। जोनसाेनको मुख्य प्रायोजनसँगै एभरेष्ट बैक र हिमालय हर्बलको सह प्रायोजनमा एक भब्य बेबी पेजेन्ट शो आयोजना हुने भएको हाे ।
३ वर्ष देखि ७ वर्षसम्मका बालबालिकालाई लक्षित गरि कार्यक्रमको आयोजना तय भएको आयोजकले जनाएकाे छ । जारी प्रेस विज्ञप्तिअनुसार प्रतिस्पर्धामा ३ वर्ष देखि साढे ४.५ बर्षका बालबालिका “र्याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन् ।
त्यसै गरि ४.५ वर्ष उमेर भन्दा माथि र ७ वर्ष भन्दा मुनिका बालबालिकाहरु “र्याम्प वाक” र बिभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन् । सहभागिताको लागि आकांक्षीहरुले निशुल्क रुपमा भाग लिन सक्नेछन् । बेबी पेजेन्ट शो मा भाग लिन चाहनेले अन्तिम आवेदन २५ मार्च, २०२२ (११ चैत २०७८) भित्र गरिसक्नु पर्ने आयोजकले जनाएकाे छ ।
यस बेबी पेजेन्ट शो मा दुई छुट्टाछुट्टै विद्यामा प्रतिस्पर्धा गरिने छ । जस अनुसार ३ देखि ४.५ वर्ष समुहका प्रथम विजेताले रु.५०,०००/– रूपैया प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमश रु.२५,०००/– र रु.१५,०००/– रूपैयाँ प्राप्त गर्नेछन् ।
सोही अनुरूप ४.५ वर्ष देखी ७ वर्ष समुहका प्रथम विजेताले रु.५०,०००/– रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रोे र तेस्रोले क्रमश रु.२५,०००/– र रु.१५,०००/– रूपैयाँ प्राप्त गर्नेछन् ।
दुबै समूह गरि कुल पुरस्कार रकम १,८०,०००/– रहेको छ । निकै रुचि र कौतुहलताको साथ हेरिएको यस बेबी पेजेन्ट शोले विभिन्न चरणहरु पार गर्दै ९ अप्रील, २०२२ (२६ चैत २०७८) मा अन्तिम प्रतिस्पर्धा गर्नेछ ।
भौतिक रुपमा पठनपाठन शुरु भएसँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा रहेको सोचाई अनुभुति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएकाे छ ।