Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आत्मविश्वास गुमाउँदै माओवादी
आत्मविश्वास गुमाउँदै माओवादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ३, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा भने– चुनावी तालमेलका लागि एमालेसँग पनि ढोका खुल्लै छ । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेल गर्न जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । यद्यपि, उनले चुनावी तालमेल र सहकार्यलाई अस्वीकार नगर्ने तर आफ्नै बलमा चुनाव लड्न माओवादी सक्षम रहेकोसमेत उल्लेख गरे । दलहरू आगामी ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला आएको पुनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्थपूर्ण यस मानेमा कि माओवादी हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा एक महत्त्वपूर्ण घटकका रूपमा सहभागी छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आउँदो चुनावसम्मै वर्तमान गठबन्धनलाई कायम राख्ने छलफल चलाइरहेका छन् । शीर्ष नेताहरू भाषणमा दिनदिनै भनिरहन्छन्– आउँदो चुनावमा गठबन्धन गरेरै जान्छौं । वर्तमान गठबन्धन चुनावसम्मै रहन्छ । कुनै बेला एउटै पार्टी (नेकपा)का रूपमा रहेका एमाले र माओवादी प्रतिनिधिसभा विघटन र त्यसपछिका घटनाक्रमले अहिले दुई विपरीत ध्रुवमा छन् । एकले अर्कालाई सत्तोसराप गर्दै आएका छन् । जसको उदाहरणका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सार्वजनिक अभिव्यक्तिलाई हेरे पुग्छ । गत फागुन २९ गते विराटनगरमा आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा दाहालले चुनावी गठबन्धन सत्ता साझेदार दलबाहेक एमालेसँग हुन नसक्ने उल्लेख गरेका थिए । ‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं । कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ । सत्ता साझेदार दलबाहेक एमालेसँग तालमेल हुनै सक्दैन,’ दाहालले भनेका थिए । तर, बुधबार माओवादीका शीर्ष नेता पुनले एमालेसँग पनि तालमेल हुनसक्ने विषय किन सार्वजनिक गरे ? माओवादीका एक नेताका अनुसार यसको अर्थ हो– गठबन्धनबाहिरका दलसँग गठबन्धन गर्न माओवादी तयार छ भन्ने सन्देश दिनु । अर्को, गठबन्धनका लागि खासगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिनु । किनकि, कांग्रेसभित्र सभापति देउवाबाहेक अरू नेता गठबन्धनको विपक्षमा छन् । उससभापति धनराज गुरुङले केही दिन पहिले माओवादी र एकीकृत समाजवादीले कांग्रेससँगको गठबन्धनमा जोड दिनुलाई ‘हात्तीको कानमा चमेरा लुक्न आएको’ रूपमा अथ्र्याएका थिए । बुधबारमात्रै कांग्रेस महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताए । कांग्रेस काभ्रेको बनेपा नगर समितिद्वारा आयोजित कार्यक्रममा थापाले गठबन्धन गर्न नहुने अभिव्यक्ति दोहो¥याए । थापा गठबन्धन गर्न नहुने पक्षमा बोल्दै आएका छन् । उनी कांग्रेस एक्लै चुनावमा जानुपर्ने र पहिलो पार्टी भएर आउने दाबी गर्दै आएका छन् । चुनावी तालमेल र गठबन्धनका लागि सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेसका अधिकांश नेताले अनिच्छा देखाइरहेका र कांग्रेसभित्र यो मत बढिरहेका बेला माओवादीको रटान यो या त्यो रूपमा किन गठबन्धनमै छ ? ‘माओवादीले एक्लै चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको छ । अघिल्लोपटक पनि हामीसँग सत्ता साझेदार गरिरहेकै बेला एमालेसँग चुनावी गठबन्धन गरेको थियो । अहिले पनि हामीसँग गठबन्धन त छ तर, उसले तालमेलका लागि अन्य विकल्पहरूमा पनि छलफल गरिहेको देखिन्छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘यसले हामीलाई (कांग्रेसलाई) खास असर गर्दैन । हामी त सकेसम्म एक्लै चुनावमा जान पाए हुुन्थ्यो भन्नेमै छौं ।’ कांग्रेसका ती नेताकै भनाइलाई बल पुग्नेगरी माओवादी अध्यक्ष दाहालले बुधबारको एक कार्यक्रममा अभिव्यक्ति दिए । आगामी निर्वाचन माओवादीका लागि जीवन–मरणको लडाइँ रहेको उनले बताए । दाहालको यो अभिव्यक्तिमा माओवादी गठबन्धनविना जाँदा पराजय भोग्ने संशय पनि झल्किन्थ्यो । ‘अहिले दुईवटा बुर्जुवा पार्टीमात्र बनाउने कसरत भइरहेको छ । क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ,’ बुधबार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै दाहालले भने, ‘आउँदै गरेका सबै निर्वाचन हाम्रा लागि सामान्य निर्वाचन मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एण्ड डेथ’को लडाइँ भएर आएको छ ।’ तर, दाहालको भनाइलाई अन्यथा अर्थमा बुझ्न नहुने माओवादी नेता मातृका यादव टिप्पणी गर्छन् । उनले अध्यक्ष दाहालको भनाइ सही रहेको बताए । उनले गठबन्धनका लागि कोसिस गरे पनि आफैं बलियो हुनुपर्ने बताए । ‘गठबन्धनका लागि कोसिस त गर्ने हो । तर, सधैँ अरूको पछि लागेर हुँदैन । हामी आफैं बलियो भएर जानुपर्छ भन्ने नै हो,’ यादवले प्रभाव दैनिकसँग भने, ‘आफू बलियो हुँदा दीर्घकालीन फाइदा हुन्छ । गठबन्धन भनेको अल्पकालीन हो ।’ यादवले भनेजस्तै राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा माओवादीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नरहेको दाहालको जोड छ । राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै दाहालले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताए । विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताको मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताए । गत पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्धरूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै दाहालले पार्टीभित्रको अन्तरविरोधलाई थाती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गरे । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने निर्वाचन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै दाहालले सम्पूर्ण नेता अब पालिका केन्द्रित हुनुपर्ने बताए । तर, हाल वाम एकता र तालमेलका लागि भित्रभित्रै छलफल चलिरहेको माओवादीका अर्का एक नेताले बताए । एमाले नेता घनश्याम भुसालको हालै सार्वजनिक आलेख पनि त्यसैको एउटा रूप रहेका उनी बताउँछन् । तर, माओवादी नेता यादव एमालेसँग तालमेल हुनै नसक्ने बताउँछन् । ‘हामीले ओलीलाई कम्युनिस्ट नै मानेका छैनौं । कम्युनिस्ट नै नमानेका व्यक्ति र उनको पार्टीसँग एकता वा तालमेल हुने अहिले सम्भावना छैन । हामी यही गठबन्धनलाई नै जोगाएर जाने पक्षमा छौं,’ यादवले भने । यदि, कांग्रेससँग गठबन्धन भएन भने हाल गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपासँगचाहिँ चुनावी गठबन्धन हुनसक्ने उनी बताउँछन् । यादव गठबन्धनलाई बाध्यात्मक आवश्यकताका रूपमा अथ्र्याउँछन् । ‘कुनै पनि पार्टीका एकल बहुमत आउने अवस्था छैन । जसले भोलि सरकार गठनमा समस्या पर्छ । त्यसकारण पनि गठबन्धन जरुरी छ । यो बाध्यात्मक आवश्यकता हो भन्दा हुन्छ,’ यादवले भने । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीले एमालेसँग ‘वाम गठबन्धन’ गरेको थियो । त्यतिबेला माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । प्रत्यक्षतर्फ निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेताहरू नेकपा विभाजनपछि एमालेमै रहे । अहिले पनि माओवादीबाट निर्वाचित केही जनप्रतिनिधिले अन्य पार्टी रोजिरहेका छन् । जसले गर्दा माओवादीलाई शक्ति सञ्चय गर्न गाह्रो भइरहेको छ । दाहालले भनेजस्तो आउँदो निर्वाचनमा माओवादी एक्लै लड्ने साहस गर्छ वा गठबन्धन गरेर अघि बढ्छ त्यो निकट भविष्यमै पटाक्षेप हुनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP