काठमाडाै - सानिमा बैंक लिमिटेडको मोबाइल बैंकिंङ्बाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न मिल्ने भएकाे छ ।
सानिमा बैंक र
खल्ती डिजिटल वालेटकाे साझेदारीसँगै ग्राहकहरूले खल्ती वालेटमा सजिलाे गरी ई- बैंकिङ् एप खोलेर खल्तीमा पैसा राख्न सक्ने भएकाे हाे ।
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘ HYPERLINK "https://bit.ly/KhaltiDownload-PR"खल्ती HYPERLINK "https://bit.ly/KhaltiDownload-PR"’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ।
जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।
उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने ,“हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं ।”