Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निजामती कर्मचारी संगठनको अधिवेशनमा केपी ओलीले उद्घाटन गर्ने
निजामती कर्मचारी संगठनको अधिवेशनमा केपी ओलीले उद्घाटन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २६, २०७८
Nijamati Karmachari Group
Hardik health
काठमाडौं - फागुनमा हुने नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशनमा केपी ओलीले उद्घाटन गर्ने भएका छन् । काठमाडौंमा फागुन २८ र २९ गते  हुने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनमा केपी ओलीले उद्घाटन गर्ने बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बताएका हुन् । संगठनले फागुन २८ गते एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो । संगठनले आगामी फागुन २८–२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् । उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताए । उनकाअनुसार ६१९ जना केन्द्रीय प्रतिनिधिहरु निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिहरुको अधिवेशनमा सहभागिता हुनेछन् । उनले भने,‘सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कुल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिहरुको सहभागिता रहनेछ ।’ देवकोटाले अधिवेशनलाई सफल पार्न १४ उप–समितिहरु गठन गरी अधिवेशन तयारीका कामहरुलाई व्यवस्थित गरिएको बताएका छन् । उनले अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरुको बारेमा ब्यापक छलफल गरिने सुनाएका छन् । ११औं अधिवेशनले कर्मचारीहरुसँग अनिवार्य कार्य सम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका संगठनले लिने आगामी रणनीति र कार्यभरसमेत निर्धारण गर्ने जानकारी दिए । उनले अधिवेशनले आगामी ३ वर्षका लागि संगठनको नेतृत्व चयन गर्दै अधिवेशन समापन हुने बताएका छन्। अधिवेशनको लागि भोलि फागुन २७ गते बेलुकासम्म सबै प्रतिनिधिहरु काठमाडौं आइसक्ने र टेर्ड युनियनलाई चुस्तदुरुस्त राख्न र भ्रष्टाचारमुक्त गराउने विषयमा छलफल केन्द्रीत हुने सुनाएका छन् । संगठनका केही सदस्यहरुले नयाँ कमिटी गठन गरेको उल्लेख गर्दै उनले उनीहरु जाँदैमा १ प्रतिशत भन्दा थोरै पनि संगठनलाई असर नपरेको स्पष्ट पारे । उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने पनि बताए । ११औं राष्ट्रिय अधिवेशन आयोजक समिति प्रचार प्रसार विभागका संयोजक युवाचन्द्र घिमिरेले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । आजको पत्रकार सम्मेलनको सञ्चालन भने कार्यालय सदस्य तथा प्रवक्ता प्रभाष प्रसाद साहले गरेका थिए ।  
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP