Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धनको निरन्तरता : कांगे्रसका लागि बाध्यता !
सत्ता गठबन्धनको निरन्तरता : कांगे्रसका लागि बाध्यता !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २५, २०७८
Gathabandhan
Hardik health
काठमाडौं– गत २७ माघमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । दाहाललाई भेट्न कोइराला आफैं दाहालनिवास खुमलटार पुगेका थिए । उनले भेटमा स्पष्ट शब्दमा भनेका थिए, ‘कांग्रेस आगामी निर्वाचनमा गठबन्धनको पक्षमा छैन, कांग्रेसका मतदाताले माओवादी केन्द्रका उम्मेद्वारलाई भोट हाल्ने छैनन् ।’ प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार बनेका प्रभावशाली नेता कोइरालाको उक्त दृष्टिकोण सार्वजनिक भएलगत्तै उनी पक्षका नेताहरूले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखिरहेका छन् । उनी पक्षधर नेताहरू महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मादेखि पार्टीभित्रका प्रभावशाली नेताहरूले मात्र होइन, कांग्रेसका कार्यकर्ताहरूले पनि अब कांग्रेसका मतदाताले ‘रूख’बाहेक अरू निर्वाचन चिह्नमा भोट नहाल्ने बताइरहेका छन् । तर, आगामी निर्वाचनमा गठबन्धन कायमै राख्नेबारे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने मौन देखिएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरू मूलतः माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) आगामी स्थानीय तहको निर्वाचनसहित प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि हालको गठबन्धन दलमा रहेका पार्टीहरू मिलेर लड्नुपर्ने अडानमा छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सबैजसो सार्वजनिक कार्यक्रममा आगामी तीनै तहको निर्वाचनमा गठबन्धन कायमै रहने भन्दै कार्यकर्तालाई आश्वास्त पारिरहेका छन् । आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्नका लागि भन्दै उनीहरू आफैंले ‘राष्ट्रघाती’को संज्ञा दिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता संसद्बाट पारित गर्न सहयोग गरे । उनीहरूले ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’सहित एमसिसी संसद्बाट अनुमोदन गराए पनि कांग्रेसकै नेताहरूले त्यसको औचित्य नभएको बताइरहेका छन् । सत्ता साझेदार दलका नेताहरूले गठबन्धनप्रति आशक्ति देखाइरहेको, आफूइतरका नेताहरू गठबन्धनको विपक्षमा रहेको अवस्थामा प्रधानमन्त्री देउवाको मौनता भने आश्चर्यलाग्दो देखिएको छ । पार्टीभित्र गठबन्धनको विपक्षमा उभिनुपर्ने तीव्र दबाब रहँदा पनि गठबन्धनप्रति देउवाको मोह अझैं भंग नभएको देखिएको छ । उनले मंगलबार आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा गठबन्धनको विरोध नगर्न निर्देशन दिनुले पनि गठबन्धनप्रति उनको मोह कायमै रहेको देखाउँछ । यद्यपि, यसअघि एमसिसीको सन्दर्भमा फरक मत रहेको बेला गठबन्धन विभाजनको संघारमा पुगेर जोगिएको थियो । त्यसबेला देउवा पनि गठबन्धन टुटाउने ‘मुड’मा पुगिसकेको बताइएको थियो । कांग्रेस सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘चुनावी प्रचारमा गठबन्धन विरोधी कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनुहोला,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेतासहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफूहरूलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् । यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराईलगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कामबारे धारणा राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हाल कायम रहेको गठबन्धन टुटाउनका लागि हरसम्भव कोसिस जारी राखेको छ । यसअघि एमसिसीको सन्दर्भमा पनि गठबन्धन टुटाउने सर्तमा कांग्रेसलाई सहयोग गर्न एमाले तयार भएको चर्चा चलेको थियो । गठबन्धन टुटाउन प्रयास जारी राखे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई एकैसाथ निर्वाचनमा लड्न चुनौती दिइरहेका छन् । उनले गठबन्धनमा रहेका प्रमुख दल कांग्रेसलाई उक्साइरहेका छन् । त्यतिमात्र होइन, उनले कांग्रेसलाई गठबन्धनको वैशाखी चाहिएको भनी गिज्याइरहेका छन् । तर, कांग्रेसले गठबन्धनबारे ठोस निर्णय लिन सकेको छैन । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा गठबन्धनबारे कांग्रेसले ठोस निर्णय गर्न नसक्नु कांग्रेसका लागि घातक हुनसक्ने विश्लेषकहरूको भनाइ छ । यसअघि वाम गठबन्धनका कारण ठूलो दल बनेको एमाले हाल विभाजित अवस्थामा छ । एकातिर माओवादी केन्द्रसँगको एकतामात्र भंग भएको छैन, पार्टीकै वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाललगायतले नेकपा एस गठन गरेका छन् । यस्तो अवस्थामा कांग्रेस एकल निर्वाचनमा गएर बहुमत ल्याउनसक्ने अवस्थामा रहेको विश्लेषण पनि गर्ने गरिन्छ । एमाले फुटेको अवस्थामा कांग्रेस पहिलो दल बन्नसक्ने धेरैको अनुमान छ । तर, गठबन्धन कायम रहेको अवस्थामा कांग्रेसको एकल बहुमत सम्भव हुँदैन । किनभने, चार दलबीच (जनमोर्चा बाहिरिएकाले कायम रहेको दल) सिट बाँडफाट हुँदा नै कांग्रेसको भागमा सामान्य बहुमतभन्दा कम हुने अनुमान गर्न सकिन्छ । यसका आधारमा कांग्रेसले आफ्ना सबै उम्मेदवार जिताएको अवस्थामा पनि एकल बहुमत पाउँदैन । त्यस्तो अवस्थामा ठूलो दल बन्दा पनि कांग्रेस सत्ताबाहिर बस्नुपर्ने अवस्था आउनसक्ने बताइन्छ । जसरी हाल एमाले ठूलो दल भएर पनि सत्ताबाहिर छ । तर, कांग्रेस सभापति देउवा एक्लै निर्वाचनका गएको अवस्थामा ठूलो दल हुने कुरामा विश्वस्त नभएको स्रोतको दाबी छ । त्यसमा वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतले समर्थन जनाइरहेका छन् । त्यसबाहेक देउवालाई गठबन्धन टुटेको अवस्थामा माओवादी केन्द्र र नेकपा एस एमालेसँग नजिकिन पुग्ने कुरामा सचेत रहेको बताइन्छ । उनी माओवादी र नेकपा एस आफ्नै बलमा निर्वाचन लड्न नसक्ने परिस्थितिसँग जानकार छन् । यस्तो अवस्थामा दाहाल र नेपाल ओलीसँग मिल्ने र त्यस्तो अवस्थामा कांग्रेसको आकार अहिलेको भन्दा अझै खुम्चिने भएकाले पनि गठबन्धन कायमै राख्ने मनस्थितिमा रहेको बताइन्छ । समग्रमा भन्दा कांग्रेस सभापति देउवाका लागि गठबन्धन रहरभन्दा पनि बाध्यता रहेको अनुमान गर्न सकिन्छ । कांग्रेस चुनावमा केन्द्रित कांग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रित अभियान देशभर चलाउने भएको छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । त्यसरी केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरू अभियान सुरू हुनुभन्दा दुई दिनअघि नै जिल्लामा पुगिसक्नुपर्ने छ । आगामी २९ फागुनदेखि २९ चैतसम्म ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालनका लागि कांग्रेस सभापति देउवाले केन्द्रीय नेताहरूलाई प्रशिक्षण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले अभियानबारे प्रशिक्षण दिँदै अभियान सुरू हुनुअघि र सुरू भएपछि पनि वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन सबै स्थानीय तहमा एकपटक अनिवार्य पुग्न र सातवटै प्रदेश कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अभियानअन्तर्गत कांग्रेसले ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उद्देश्य अघि सारेको छ । त्यसैगरी स्थानीय तह निर्वाचनमा सबै वडा र टोलसम्म पार्टीभित्र सौहाद्र्रता, एकता र ऊर्जा अभिवृद्धि गर्दै कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल गर्ने रहेको छ । कांग्रेसले तेस्रो उद्देश्यमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीतिअनुसार पार्टीलाई परिचालन गर्ने, कांग्रेस नेतृत्वले विगतमा गरेका राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने रहेका छन् । कांग्रेसले जनतासमक्ष जाँदा नेकपा सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । त्यस्तै, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको कुरा जनतामा बुझाउने भएको छ । साथै, निर्वाचनसम्म पुग्दा प्रायः सबैलाई खोप लगाइसक्ने योजना रहेको र जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गर्न निर्देशन दिइएको छ । त्यस क्रममा कांग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसिसी संसद्बाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रस्ट पार्न पनि अभियानमा संलग्न नेताहरूलाई निर्देशन दिएको छ । कांग्रेसले अघि सारेको कार्यक्रमबारे केन्द्रीय सदस्य नैनसिंह महरले फरक मत राखेका छन् । महरले जनतासँग जाँदा कांग्रेसलाई जिताउनुपर्ने आधारहरूबारे थप व्याख्या गर्नुपर्ने भन्दै गठबन्धन गर्दा स्थानीयस्तरको आवश्यकता अनुसार गर्न दिनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP