Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्रको बैठक पदाधिकारी चयन गर्न असफल
माओवादी केन्द्रको बैठक पदाधिकारी चयन गर्न असफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्र दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकबाट पनि पदाधिकारी चयन गर्न असफल भएको छ । गत शुक्रबारदेखि सुरू भएको दोस्रो केन्द्रीय बैठकले केन्द्रीय समितिमा पदाधिकारी, पोलिट्ब्युरो तथा स्थायी समिति चयन गर्ने कार्यसूची तयार पारिए पनि पदाधिकारी चयन गर्न असफल भएको हो । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले थप छलफल आवश्यक पर्ने भन्दै आगामी २० जेठमा बस्ने बैठकले पदाधिकारी तथा पोलिट्ब्युरोको टुंगो लगाउने बताए । त्यस्तै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौतासम्बन्धी फरक मतमासमेत सोही बैठकमा छलफल हुने जानकारी दिइएको छ । माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको भने टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले ९७ जनाको नाम प्रस्तुत गरेका थिए । जसमा ८२ जना केन्द्रीय सदस्य र बाँकी १५ जना प्रस्तावित केन्द्रीय सदस्य भनेका छन् । ८२ जनाको सूचीमा दाहालकी छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्य पनि परेका छन् । अध्यक्ष्ँ दाहालका अनुसार केन्द्रीय समितिमा समानुपातिकतर्फ ५५ र खुलातर्फ ४२ गरी ९७ जना मनोनीत गर्न सकिनेछ । अध्यक्ष दाहालले शंकर दुलाल, खापुर विक, तेजबहादुर मिजार, रणेन्द्र बराइली, कर्णबहादुर विक, रामलाल विक, अनिता परियार, सपना परियार, अत्तर हुसेन, रजि हैजर, उहिद अन्सारी, इश्रार खान, शेखचाँद तारा, सूर्यनाथ यादव, अशोक जैसवाद, सत्यनारायण भगत, दिलिप साह, उमेश यादव, रामसिंह यादव र राधेश्याम पासवानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । त्यस्तै, शिवराम यादव, इन्दु शर्मा, निशा साह, तारा महतो, रुवि कर्ण, सुनिता महतो, दुलारी हरिजन, सोनिया यादव, भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गंगा दाहाल, कमला नहर्की, करुणा बस्नेत, सीता आचार्य, देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ, कुशल लिम्बू, दीर्घ श्रेष्ठ, धनबहादुर मास्के राजेशको नाम पनि केन्द्रीय सदस्यको सूचीमा छ । दिनेश महर्जन, राजकाजी महर्जन, रञ्जित तामाङ, सत्यनारायण शेरचन, भीमकुमारी, पार्वती पुन गहतराज, जुमकुमारी रोका, दिलमाया रोका, दुर्गा राई, सिर्जना तामाङ, विजय महतो, विनिता थारु, जीवन आचार्य, सुमन देवकोटा, सुदीप कुँवर, रमेश मल्ल, खिलप्रसाद बुढाथोकी, बाबुराम गौतम, सूर्यमान दोङ, इन्द्र गोतामे, पारसमणि पौडेल, शैलेन्द्र घिमिरे, कपिल लामा, गोविन्द पौडेल, दीपक कोइराला पनि प्रस्तावित सूचीमा परेका छन् । दाहालको सूचीमा कमल चाडानी, नारायण अधिकारी, गगनबहादुर खड्का, मंगलबहादुर शाही, कर्णबहादुर बस्नेत, झपड साउद, शिवसेन ओली, रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, उत्तम अधिकारी, विजय गौतम, प्रकाश विकल, विमल अधिकारी, डा. भरत लामिछानेको नाम पनि अटाएका छन् । प्रस्तावित केन्द्रीय सदस्यमा विष्णु सापकोटा जुगल, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह दर्लामी मगर, डिपी ढकाल, कालीबहादुर मगर, सुनिता गौतम, सवित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल, कृष्णा केसी र रामनारायण विडारीलाई केन्द्रीय सदस्य बनाउन दाहालले प्रस्ताव गरेका छन् । यससँगै माओवादी केन्द्रीय समिति ३४४ सदस्यीय बनेको छ । यसअघि २४७ जना केन्द्रीय सदस्य थिए । पदाधिकारी चयन गर्न असफल गत पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा दाहाललाई चयन गरे पनि उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न सकेको छैन । गत शुक्रबारबाट सुरू भएको दोस्रो केन्द्रीय समिति बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी समिति र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहे पनि अध्यक्ष दाहालले बैठक त्यसै समापन गरेका छन् । सोमबारको बैठकमा अध्यक्ष दाहालले आगामी २० जेठमा बस्ने बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष दाहालले चुनाव नजिकिएकाले पदाधिकारी र समिति गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती समितिहरू पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए । चुनावी कमाण्ड बनाउने माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने भएको छ । बैठकले सातवटै प्रदेशअन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने निर्णय गरेको हो । एक केन्द्रीय सदस्यका अनुसार प्रदेश इञ्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरूको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने छन् । ती कमाण्डले फेरि तल्लो तहसम्म गएर चुनावी गतिविधिलाई सशक्त बनाउने निर्णय मओवादीले गरेको छ । त्यसका लागि केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्जसमेत तोकेको छ । प्रदेश १ को इञ्चार्ज राम कार्कीलाई बनाइएको छ । मधेस प्रदेशको इञ्चार्ज गणेश साह बनेका छन् । त्यस्तै बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इञ्चार्ज तोकिएका छन् । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेलले इञ्चार्जको भूमिका पाएका छन् । स्थानीय चुनावको तयारीसम्बन्धमा पनि माओवादीले निर्णय गरेको छ । यसमा एक्लै चुनाव लड्ने गरी तयारी थाल्ने निर्णय भएको नेता वर्षमान पुनले बताए । ‘आफ्नै खुट्टामा उभिएर र आफ्नै शक्तिमा भर गरेर चुनाव लड्ने तयारी गर्ने निर्णय गरेका छौँ । जहाँ–जहाँ मिल्न सकिन्छ मिल्ने गरी कार्यदल बनाएर काम गर्छौं,’ उनले भने । यसका लागि माओवादीले दुई महिने अभियान सञ्चालन गर्ने भएको छ । अभियानका क्रममा सबै केन्द्रीय सदस्यले आ–आफ्नो जिल्ला, स्थानीय तह र वडासम्म जानुपर्ने निर्णय गरेको छ । यसैगरी केन्द्रीय समिति बैठकले स्थानीय चुनावका लागि कार्यदल बनाउने निर्णय गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल गठन हुने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP