Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • धार्मिक पर्यटक भित्र्याउनका लागि ‘सर्किट’ बनाइने
धार्मिक पर्यटक भित्र्याउनका लागि ‘सर्किट’ बनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
Hardik health
म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक पर्यटक भित्र्याउनका लागि ‘सर्किट’ बनाउन लागिएको बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको बताए । उनले धार्मिकस्थललाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका पनि जानकारी गराए । शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान सुरु गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र विन्धवासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको जनाए । मुख्यमन्त्री पोखरेलले गण्डकीका पर्यटकीय र धार्मिकस्थललाई पनि एकअर्कासँग जोडेर विकास गर्न थालिएको बताउँदै हिमाल र मधेसको समृद्धिमा एकअर्काको सम्बन्ध रहेको जनाए । निर्माणाधीन कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बिनी तथा भारतका हिन्दू धर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजनाअघि सारिएको उनको भनाई थियो । लक्ष्मीहरि मन्दिरका संस्थापक जीयर स्वामीले रत्नेचौर मुक्तिक्षेत्रको प्रवेशद्धार भएकाले यसको धार्मिक र पर्यटकीय दुवै किसिमको महत्व भएको बताए । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए । लक्ष्मीहरि मन्दिरको २५औँ रजतजयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीको नक्षत्र शताब्दीको अवसरमा फागुन ३० गतेसम्म धार्मिक महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए । मूल आयोजक समितिका उपाध्यक्ष चीरञ्जीवी बोगटीले मन्दिर स्थापना भएको २५ वर्ष र मन्दिरका संस्थापकाचार्य एक सय वर्ष पूरा भएको अवसरमा आयोजित महायज्ञमा संकलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP