Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्यो
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २३, २०७८
Hardik health
काठमाडौं– संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई अगाडि बढाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न समिति गठन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत समेटेर ११ सदस्यीय महाअभियोग छानबिन तथा सिफारिस समिति गठन गरेको जानकारी दिएका हुन् । समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन् । यस्तै नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका एकवाल मियाँ तथा जनता समाजवादी पार्टी प्रमोद साहलाई समितिको सदस्यको जिम्मेवारी दिइएको छ । निरन्तर संसद् बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले पनि उक्त समितिका लागि आफ्नोतर्फबाट नाम दिएको छ । प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले आइतबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाअभियोग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । नेपालको संविधानको धारा १०१ को उपधारा ९३० र ९४० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम उक्त समिति गठनको प्रक्रिया अघि बढेको हो । प्रधानन्यायाधीश जबराविरुद्ध यही १ फागुनमा सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । उनको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता गरिएको थियो । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा पदबाट निलम्बित भएका छन् । प्रस्तावमा जबरामाथि २१ वटा आरोप लगाइएको छ । उक्त आरोपमाथिको छानबिन अब समितिले गर्नेछ । छानबिनपछि आएको प्रतिवेदनलाई समितिले छलफलका लागि संसद्मा पेस गर्नेछ । के छ संविधानमा व्यवस्था ? नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारमा (२) मा प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव संसद्मा पेस गर्नेसम्बन्धी व्यवस्था छ । ‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संस्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाअभियोगको प्रस्ताव पेस गर्न सक्ने छन्,’ संविधानको धारा १०१ को उपधारा (२) मा लेखिएको छ । यस्तो छ संसद्को अंकगणित संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मत आवश्यक पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सांसद् मात्रै छन् । त्यसैले हाल कायम रहेको कूल संख्याको दुईतिहाइ अर्थात् १८१ सांसद उक्त प्रस्तावको पक्षमा उभिए महाअभियोग प्रस्ताव पारित हुनेछ । प्रतिनिधिसभामा एमालेका ९८, नेपाली कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादी केन्द्रका ४९ (एक जना सभामुख), एकीकृत समाजवादीका २३, जनता समाजवादीका २० (एक जना निलम्बित) र लोकतान्त्रिक समाजवादी पार्टीका १४ (एक जना निलम्बित) सांसद् रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका एक÷एक जना तथा एक जना स्वतन्त्र सांसद रहेका छन् । निलम्बित चार जना र सभामुखले यस प्रक्रियामा भाग लिन पाउने छैनन् । संसद्को यो अंकगणितअनुसार एमाले पक्षमा नउभिएसम्म महाअभियोग प्रस्ताव पारित हुन सक्दैन । तर, एमालेले महाअभियोग प्रस्तावको विरोध जनाउँदै आएको छ । एमालेले यसको विरोधमा ‘काउण्टर प्रस्ताव’ दर्ता गर्नेसमेत चर्चा चलेको थियो । महाअभियोग प्रस्ताव पारित हुन नसकेको खण्डमा प्रधानन्यायाधीश जबरामाथिको निलम्बन स्वतः फुकुवा हुनेछ, र उनी पुनः सर्वोच्चमा फर्कने छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP