Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय समाप्त पार्ने षड्यन्त्र’
‘प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय समाप्त पार्ने षड्यन्त्र’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २२, २०७८
Guru
Hardik health
काठमाडौं– संविधानविद् डा. पृथ्वीमान राईले न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्ने र यसमा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । तर, पछिल्लो देशमा न्यायपालिकामाथि हस्तक्षेप भएको र न्यायालय अस्तव्यस्त भएको उनको टिप्पणी छ । उनले अहिले न्यायालयमाथि आक्रमणमात्रै नभएर षड्यन्त्रपनि भैरहेको आरोप लगाए । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले अहिले न्यायालयमाथि बज्रपात भएको र नेपालको सार्वभौमिकतालाई हनन गर्नेगरि ध्वस्त पार्ने कदम र हमला भएको टिप्पणी गरे । उनले न्यायालयमा सिण्डिकेट खडा गर्नेहरूले आज दम्भ र अहम देखाएर देशलाई बन्धक बनाएको आरोप लगाए । उनले अहिले स्वतन्त्र कानून व्यवसायीहरूको आन्दोलनमाथि पनि बन्देज लगाईएको गुनासो पोखे । राजनीतिक भागबण्डामा न्यायाधीशहरू नियुक्ती गर्नको लागि पनि पछिल्लो समय षड्यन्त्र भएको उनको आरोप छ । उनले बारमा सिण्डिकेट खडा गर्नेहरूले चरम राजनीति गरेको आरोप लगाए । आफूहरूले विकृति र विसंगतिको विरुद्धमा सशक्त रूपमा आवाज उठाउँदै आएको पनि राईले सुनाए । आफूहरू राष्ट्र र जनताको पक्षमा सधैं बुलन्द भएर बोल्ने र लागिपर्ने पनि उनले बताए । विश्ववक्ता बाबा होमबहादुर कार्कीले न्यायालयमा भएको विकृति हट्नुपर्नेमा जोड दिए । उनले जनताले न्याय पाउने सर्वोच्च निकाय सर्वोच्च अदालतलाई पंगु बनाउने काम दलका नेताहरूले गर्नु गलत भएको टिप्पणी गरे । उनले पाँच अहिले सरकारसम्बन्ध गठबन्धनमा आवद्ध दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु गलत भएको बताए । उनले जनताले न्याय पाउने थलोमाथि नै यस्तो प्रहार गर्नु गलत भएको जिकिर गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि महाभियोग लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर गल्ती गरेको सुनाए । उनले आफूहरू सधैं सत्यको पक्षमा बोल्ने गरेको सुनाए । अधिवक्ता त्रिलोकबहादुर चन्दले अहिले राज्यका तीन वटै अंग ध्वस्त बनाईएको गुनासो पोखे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई परमादेश जारी गर्दा पाँच जना न्यायाधीशहरू रहेको अवस्थामा अहिले प्रधानन्यायाधीश जबरामाथि मात्रै महाभियोग लगाईएको र बलीको बोको बनाईएको गुनासो पोखे । उनले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग नागरिकमाथिको महाभियोग भएको पनि टिप्पणी गरे । उनले भने, ‘यो महाभियोग पार्टीका झोले, देशद्रोहीहरूको हस्ताक्षर चोरेर यो महाभियोग लगाईयो, देवेन्द्र कँडेलले नै यो महाभियोग झुक्याएर लगाईयो भनेर भन्नुभएको छ। कतिपय सांसदहरूलाई त महाभियोगबारे थाहा नै छैन् ।’ त्यस्तै, कार्यक्रममा सामाजिक अभियन्ता तथा पत्रकार हरिराम रिमालले राज्यले संविधान र कानूनअनुसार चल्नुपर्ने कुरा बिर्सन नहुने बताएका छन् । उनले कार्यापालिकाले व्यवस्थापिका र न्यायपालिकामाथि हस्तक्षेप र दुरूपयोग गर्न नहुने बताए । उनले लोकतन्त्र भनेको बहुमतले शासन गर्ने व्यवस्था भएको उल्लेख गरे । उनले अहिले अल्पमतले बहुमतलाई शासन गरेको सुनाए । उनले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिए । राज्यका सबै निकाय स्वतन्त्र हुनुपर्ने बताए । पिएचडी स्कलर वाईपी अधिकारीले न्यायापालिकामाथि राजनीतिक हस्तक्षेप गरिनु दुःखद् भएको टिप्पणी गरे । उनले एमसीसी पास गराउनको लागि पनि न्यायिक हस्तक्षेप भएको टिप्पणी गरे । उनले नेपाली पहिचानलाई सधैं सम्मान गर्नुपर्ने धारणा राखे। उनले पदलोभ र धनलोभनले आज नेपालका भाषा र धर्ममाथि प्रहार भएको सुनाए । उनले न्यायमाथि तस्कर हुनु गलत भएको टिप्पणी गरे । उनले न्यायिक तस्करलाई अन्त्य गर्नको लागि आफूहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले बारको अब हुने निर्वाचनमा स्वतन्त्र कानून व्यवसायीहरू पनि सक्रियताका साथ भाग लिने बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP