Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘तालमेलको लागि सातवटै तहसँग छलफल गर्छौं’
‘तालमेलको लागि सातवटै तहसँग छलफल गर्छौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २०, २०७८
PL_BANEPA
Hardik health
काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिसँग छलफल गरी निर्णय लिने जनाएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले उक्त कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले सबैको राय अनुसार नै निर्णय लिने बताए । उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बताए । उनले भने, ‘चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सबै तहका कार्यसमितिहरूसँग राय लिइने छ ।’ उनले कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको भए पनि कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्र कार्यसमिति, पालिका कार्यसमिति, वडा कार्यसमितिको पनि राय लिएर अगाडी बढ्ने बताए । कांग्रेसमा केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति, ६ हजार ७ सय ४३ वडा कार्यसमिति रहेको छ । यी सबको विचार लिएर नै अगाडी बढ्ने उनले बताए । उनले भने, ‘यी सबको भ्यु प्वाइन्ट लिएर पार्टी एउटा डेमोक्रेटिक तवरले एक्सरसाइज गरेर के गर्दा राम्रो हुन्छ ।’ नेता सिंहले आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले संघीयतालाई संस्थागत गरी विकास निर्माणका कार्य अगाडि बढाउनुपर्ने पनि बताए । सुशासनलाई सर्वोपरि हितमा राखेर कदम अगाडि बढाउनु पर्ने हालको आवश्यकता भएको उनको भनाइ छ । उनले १४ औँ महाधिवेशनबाट पार्टी नयाँ ऊर्जा उत्पन्न भएको भन्दै चुनावको लागी कांग्रेस तयार भएको बताए । ‘कांग्रेस भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ । उर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ ।’ प्रतिगमन रोक्न पाँच दलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरूप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको पनि बताए । गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार भएकोले संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरूप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको उनको भनाई थियो । उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP