Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कानुन फेरेरै कालोबजारी गर्ने दाउमा अटोमोबाइल्स व्यवसायी : नेता–कर्मचारी रिझाउँदै नाडा कार्यसमिति
कानुन फेरेरै कालोबजारी गर्ने दाउमा अटोमोबाइल्स व्यवसायी : नेता–कर्मचारी रिझाउँदै नाडा कार्यसमिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २०, २०७८
Automobiles Biznessman
Hardik health
काठमाडौं– उपभोक्ताबाट अत्यधिक मूल्य असुली गर्दै आएका अटोमोबाइल्स व्यवसायीहरू कारबाहीबाट बच्नकानुन नै संशोधन गराउन लागिपरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न समयमा गरेको अनुगमनबाट बढी मूल्य असुली गरेको पुष्टि भएसँगै कारबाहीमा पर्ने देखिएपछि कानुन संशोधन गराउन ठूला व्यापारिकघराना लागेका हुन् । उनीहरूले विद्यमानऐन–कानुनलाई संशोधन गरी कालोबजारीमैत्री बनाउन भित्रभित्रै ‘लबिङ’थालेका छन् ।विभागमा अटोमोबाइल्स व्यवसायीले चारपांग्रे सवारीसाधनको बिक्रीमा उपभोक्ताबाट कानुनविपरीत अत्यधिक मूल्य निर्धारण गरेर बढी रकम असुली गरेको भन्ने उजुरी परेपछि गरिएको अनुगमनबाट गैरकानुनी रूपमा शुल्क असुली गरेको ठहर गत वर्ष नै गरेको थियो । विभागले अनुगमनबाट तयार पारेको प्रतिवेदनअनुसार अधिकांश अटोमोबाइल्स व्यवसायीहरूले बदमासी गरेको भेटिएको थियो ।ती व्यवसायीले कारबाही रोक्न कानुन नै परिमार्जन गर्ने गरी अवैध साँठगाँठलाई तीव्रता दिँदै आएको भेटिएको छ । विभागले २०३२ सालमा बनेको ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन’ र ‘उपभोक्ता संरक्षण ऐन, २०५४’मा टेकेर बजार अनुगमन गर्दै आएको र उक्त ऐन व्यवसायीहरूको हितविपरीत भएको व्यवसायीहरूले बताउँदैआएका छन् । त्यसलाई परिमार्जन गरेर जानुपर्ने दबाबउनीहरूले दिँदै आएको विभागका एक अधिकृतले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको कार्यसमिति र नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्षशेखर गोल्छालगायत ठूला व्यापारीहरूले पाँच वर्ष अघिदेखि नै ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ संशोधन गर्न दबाब दिँदै आएका थिए । अटोमोबाइल्स व्यवसायीमाथि कारबाही गर्न नमिल्ने गरीउक्त ऐन संशोधन गर्न पुनः दबाब बढाएको विभागका एक अधिकारीले बताए । महासंघका अध्यक्ष गोल्छा विशाल गु्रपका अध्यक्षसमेत हुन् । निजी क्षेत्रको साझा संस्थाको तेतृत्वमा रहेका गोल्छा नै ऐन परिमार्जन गरेर उपभोक्तामैत्रीभन्दा व्यापारीमैत्री बनाउन लागिपरेका छन् । उनीमाथि हाल निर्वाचित नाडाको कार्यसमितिलाई समेत आफूअनुकूल प्रयोग गरेरभित्रभित्रै यस्तो दबाब दिन लगाएको आरोप लागेको छ । यस सम्बन्धमा महासंघका अध्यक्ष गोल्छासँग सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् । उक्त ऐनलाई संशोधन गर्दै तोकिएको सजायमा व्यापक कटौती गर्न दबाब दिँदै आएको विभागका उच्च अधिकारीहरू बताउँछन् । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ लाई संशोधन गरी कालोबजारीमा संलग्नलाई तोकिएको कैद १० वर्षबाट एक वर्षमा झार्न व्यवसायीहरूले चलखेलगरिरहेका छन् । सोही ऐनमा बिक्रीका लागि ल्याइएको वस्तु निजी प्रयोगमा ल्याउनेलाई तोकिएको पाँच वर्षसम्मको कैदलाई पनि घटाएर एक वर्षमा झारिएको छ । ऐनको दफा ४ र ५ मा उल्लिखित क्रमशः पाँच वर्ष र दुई वर्ष कैद पनि एक वर्ष र नौ महिनामा सीमित गरिएको छ । अटोमोबाइल्स व्यवसायी राज्यका ठूला करदाताका रूपमा रहेपनि कर छलीमासमेत उनीहरू नै अगाडि रहेका छन् । व्यवसायीहरूले आफूखुसी मूल्य निर्धारण गर्ने र अत्यधिक रकम संकलन गरेपनि राज्यलाई बुझाउनुपर्ने करमा छली गर्दै आएका छन् । उनीहरूले भन्सारमा घोषित मूल्यमा २० प्रतिशत नाफा राख्न पाइने कानुनी व्यवस्थाविपरीत बढी नाफा राखेर कारोबार गर्दै आएको विभागको अनुगमनबाट खुलेको छ।उनीहरूले व्यवसायीलाई जानकारी नदिइ अनुगमन नगर्नचेतावनी दिने गरेका छन् । विनाजानकारी अनुगमन गरेमा राज्यलाई प्राप्त हुने करमासमेत ठूलो असर पर्नसक्ने चेतावनी दिँदै व्यवसायीहरूले कर नबुझाउने घोषणागरेर सरकारलाई व्यापारीमैत्री ऐन ल्याउन बाध्यकारी अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन् । विभागको अनुगमन तथा कारबाहीबाट व्यवसायी चेपुवामा परेको भन्दै नाडा र महासंघले उक्त कार्यलाई रोक्न दबाब दिँदैआएको विभाग स्रोतले जनाएको छ । विभागका अनुसार व्यवसायीको कैफियत हेर्दा भन्सार ऐन २०६४, मूल्य अभिवृद्धि कर (भ्याट) ऐन २०५२, उपभोक्ता संरक्षण ऐन २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ आकर्षित हुने गरेको छ । यसरी ती ऐनलाई निस्क्रियझैँ बनाउनकालागि अहिले व्यवसायीले कालोबजारीबाट आएको लाभ राजनीतिक पार्टीका नेता तथा उच्च तहका कर्मचारीसम्म पुर्‍याउँदै ‘लबिङ’मा लागेको आरोप छ । पार्टीका नेता रिझाउन घुमाउरो तरिकाले चन्दा दिने, चाडपर्वका बेला महँगा रक्सीलगायत अन्य उपहार दिँदै आएकोसमेत विभागका एक अधिकृतले बताएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार हरेक वर्ष दसैं–तिहार र अन्य चाडपर्वमा व्यवसायीहरूले लाखौँमूल्यको मदिरा सम्बन्धित सरकारी निकायका प्रमुखसम्मलाई उपहारको नाममा बाँड्ने गरेका छन् । विभागकाएक अधिकृतले पनि उक्त कुरा स्वीकार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको विभागबाट हजारौँको संख्यामा अनुगमन भए पनि अहिलेसम्म एउटालाई पनि कारबाही भएको रेकर्ड भेटिँदन । अनुगमनमा खटिने कर्मचारी र अवैधधन्दा चलाउँदै आएका व्यवसायीबीच मिलिमतोहुने गरेको स्रोतको भनाइ छ । त्यस्तो कार्यमा संलग्न कर्मचारीमाथि अहिलेसम्मकुनै छानबिन भएको छैन ।‘बार्गेनिङ’ नमिलेपछि मात्रै विभागले अनुगमन गरेर प्रतिवेदन तयार गर्ने र अन्त्यमा प्रतिवेदनअनुसार कारबाही नगरी बीचमै कुरा मिलाइ ठूला घरानाका उद्योगीहरूलाई उन्मुक्ति दिँदै आएको आरोप छ । विभागका कर्मचारी र केही उपभोक्तावादी संघसंस्थाका व्यक्तिसमेतउक्त अवैधधन्दामा संलग्न रहने गरेको भेटिएको छ । उपभोक्तावादीहरूले कर्मचारीको मात्र नभइ व्यापारीको पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आएका छन् । सूचनाको हकअन्तर्गत रहेर ठूला व्यापारिक घरानाको आयव्यय, भन्सारको प्रज्ञापनपत्रलगायत कागजपत्र सार्वजनिक गर्न राष्ट्रिय उपभोक्ता मञ्चले पटक–पटक माग राख्दै आएपनि उक्त मागको कतैबाट सुनुवाइ नभएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP