Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल फर्काइए ३ पुरातात्विक सम्पदा
नेपाल फर्काइए ३ पुरातात्विक सम्पदा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १९, २०७८
Sampada Phirta
Hardik health
काठमाडौं– चोरी गरी अमेरिका पु¥याइएका तीन थान पुरातात्विक सम्पदा वर्षौंपछि स्वदेश फर्काइएको छ । अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा राखिएका ती ऐतिहासिक सम्पदा कूटनीतिक पहलमार्फत् स्वदेश ल्याइएको हो । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहबीच बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको उपस्थितिमा फर्काइएका तीन सम्पदा विभागलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय अभिलेखालयको सभाहलमा भएको कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्सच्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले मन्त्री आलेलाई सम्पदा हस्तान्तरण गरेका थिए । फिर्ता ल्याइएका सम्पदामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका यी सम्पदा १४औँ देखि १७औँ शताब्दीको भएको बताइएको छ । पुरातात्विक महत्वका तीन सम्पदामध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुई वटा छन् । जसमध्ये एउटा १७औँ शताब्दीको कलात्मक काष्ठतोरण रहेको छ, जुन ललितपुरको यम्पीमहाविहार (इवही)को प्रवेशद्वारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो । सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो । अर्काे १४औँ शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु रहेको छ । उक्त सम्पदा काठमाडौं महानगरपालिका–२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा रहेको थियो । सन् १९९७ मा उक्त सम्पदा हराएको थियो । यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत् उपहारको रूपमा अमेरिकाको उक्त संग्र्रहालयमा पुगेको पाइएको छ । उक्त वस्तु फिर्ताका लागि म्युजियमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिकरूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पलहमा ल्याइएको हो । सम्पदा लिएर उक्त म्युजियमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त संग्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आएका थिए । संग्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ । त्यस्तै अर्काे एउटा सम्पदा अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो । १३औँ शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ । उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नू भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ । उक्त मूर्ति काठमाडौंको ओमबहालस्थित न्हुछेबहाको रहेको पाइएको छ । त्यहाँबाट कसैले चोरी गरी लगेको थियो । उक्त मूर्तिको मूल्य ३० हजार डलर (३० लाख रूपैयाँभन्दा बढी) रहेको छ । १७औँ शताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (एक करोड १० लाख रूपैयाँभन्दा बढी) र १४औँ शताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (२२ लाख रूपैयाँभन्दा बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ । विभागद्वारा सोमबार यहाँ आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा संग्र्रहालयका प्रतिनिधिलाई धन्यवाद दिए । सचिव न्यौपानेले यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताए । नेपालका विभिन्न मन्दिरमा रहेका ऐतिहासिक मूर्ति तथा कलाहरू चोरी हुने क्रम रोकिएको छैन । विभिन्न समयमा चोरी गरी विदेश पु¥याइएका त्यस्ता सम्पदा फर्काउने प्रयास भइरहेको छ । हालसम्म बेलायतबाट १९, तिब्बतबाट १८, अमेरिकाबाट १४, कोलकाताबाट १३, जर्मनी र अस्ट्रियाबाट एक/एक थान गरी ७६ थान मूर्ति तथा कलात्मक वस्तु फिर्ता ल्याइसकिएको विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP