Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आगामी चुनावमा गठबन्धन हुन्छ : मन्त्री यादव
आगामी चुनावमा गठबन्धन हुन्छ : मन्त्री यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १८, २०७८
स्वास्थ्य मन्त्री जयराम यादव
Hardik health
काठमाडौं– जनता समाजवादी पार्टीका नेता प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रि सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । मंगलबारआयोजित साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन गरेर जान्छ,’ मन्त्री यादवले भने,‘राष्ट्रिय सभाको चुनावको परिणाम र भागवण्डाको आधारमा आउँदा दिनहरूमा पनि पार्टी र उम्मेदवारको हैसियतलाई ख्याल गरेर गठबन्धन अघि बढेमा राम्रो प्रतिफल दिनेछ ।’ जसपाले संघदेखि सरकारसम्म अहिलेको गठबन्धनसँगै नै चुनावी गठबन्धन गर्ने बताए । राष्ट्रियसभाको चुनावमा जस्तै गठबन्धन एकढिक्का भएर चुनावमा जानुपर्नेमा उनको जोड थियो । सरकार सही ढंगले अघि बढिरहेकाले गठबन्धन मजबुत भएको बताए । संघ देखि प्रदेशसम्म गठबन्धन चुनावसम्म कायम हुनेमा ढुक्क हुन भने । चुनावमा गठबन्धनले भारी बहुमत ल्याउने दाबी गरे । संघदेखि प्रदेशसम्म नेकपाको सरकार गठन भएको र पछि नेकपा एमालेले नेतृत्व गरेपनि सोचेको जति प्रदेश न. १ मा विगतमा काम हुन नसकेको बताए । विगतमा दुई तिहाईको सरकार हुँदा पनि प्रदेश नं १ ले विकासको गति लिन नसकेको उनको भनाई थियो । केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकारले पनि देशलाई ठोस निकास दिन नसकेको उनले टिप्पणी गरे । २०७२ सालमा संविधान जारी हुँदा शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखिएको भएपनि १ नं प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा र स्वास्थ्यसम्बन्धि जनताको काम जुन गतिमा हुन पर्ने हो सोही गतिमा विगतमा नभएको उनले उल्लेख गरे । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयको संरचना र सबै कार्यहरू व्यवस्थापन भइरहेको उनले जानकारी दिए । उनले भने,‘प्रदेश १ का रहेका विभिन्न अस्पतालहरू, जिल्ला अस्पतालहरू, जनस्वास्थ्य कार्यालयहरू र स्थानीय तह अन्तर्गत रहेको स्वास्थ्य केन्द्र लगायतलाई व्यवस्थापन गर्न कार्ययोजना बनाएको छु ।’ मन्त्री यादवले आफुले १०० दिने २० बुंदे कार्ययोजना घोषणा गरेको उल्लेख गर्दै १०० दिनको योजनामा ति कार्ययोजना पुरा गर्नुपर्ने प्रतिवद्धता गरेको सृुनाए । कोरोना खोप सबैको पहुँचमा पुर्याएको, ८० प्रतिशतले खोप लगाएको भन्दै बुस्टर डोज लगाउने कार्यक्रम पनि सञ्चालन भइरहेको उनले जानकारी दिए । मन्त्री यादवले जसपा केन्द्रीय कार्यसमितिको बैठक भर्खरै मात्रै सकिएको जानकारी दिँदै आउँदो २८ गते संघीय परिषद्को बैठक, २९ र ३० गते केन्द्रीय समितिको बैठक र असार १ र २ गते विधानको सम्मेलन गर्ने निर्णय भएको सुनाए । जसपाभित्र बाहिर आएको जस्तो समस्या नरहेको बताए । उनले जसपा एक ढिक्का भएर अघि बढ्ने पनि स्पष्ट पारे । जसपा कुनै हालतमा नफुट्ने भन्दै नेताहरू एकढिक्का भएर बढिरहेको बताए । विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धी, संविधानमा भएका त्रुटिहरूलाई संशोधन गरेर गठबन्धनमार्फत अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP