Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीमा सहमतिको प्रयास जारी : व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने तयारी
एमसिसीमा सहमतिको प्रयास जारी : व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १५, २०७८
MCC_Leaders
Hardik health
काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास जारी छ । सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरू एमसिसी पास गराएर सत्ता गठबन्धन जोगाउन लागिपरेका छन् । एमसिसीकै कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन शुक्रबारबाट दलहरू अझ बढी सक्रिय बनेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा सहमति जुटाउने अन्तिम कसरतमा लागेका छन् । सोहीअनुरूप उनले शनिबार पनि सत्ता गठबन्धन र विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । अमेरिकाले एमसिसीबारे निर्णय लिन दिएको समयसीमा १६ फागुन (सोमबार)मा सकिँदै छ । त्यसैले प्रधानमन्त्री देउवा उक्त समयसीमाभित्रै संसद्बाट एमसिसी पास प्रयासमा छन् । सकेसम्म सत्ता गठबन्धनका दलहरूको सहमतिमा र नभए एमालेको साथ लिएर भए पनि एमसिसी पास गराउन उनी लागेका हुन् । यता एमालेसँग देउवाको सहकार्य हुने र सत्ता गठबन्धन टुट्ने डरले माओवादी केन्द्र र एकीकृत समाजवादी केही लचक बन्ने देखिएको छ । दुई दलका शीर्ष नेताहरू विवादित विषयहरूमा व्याख्यात्मक घोषणा गरेर एमसिसीको पक्षमा मत दिन सहमत भएको बताइएको छ । शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकमा दोस्रो तहका नेताहरूले तयार पारेको व्याख्यात्मक घोषणाको ड्राफ्टमाथि छलफल भएको बताइएको छ । उक्त ड्राफ्टलाई अन्तिम रूप दिएर शीर्ष नेताहरूबीच सहमति जुटेमा सत्ता गठबन्धन जोगिनेछ र एमसिसी संसद्बाट अनुमोदन हुनेछ । तर, त्यसमा सहमति नजुटे कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बन्ने कांग्रेस नेताहरूको दाबी छ । सरकारले अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता अनुमोदन गर्ने प्रस्ताव अगाडि बढाएसँगै गठबन्धन संकटमा परेको थियो । तर, गठबन्धन टुट्न नदिन गठबन्धनमा आबद्ध प्रमुख दलका शीर्ष नेताहरू लागिपरेका हुन् । सरकारले सत्ता गठबन्धनमा रहेका दलहरूको विरोधका बीच ८ फागुनमा उक्त प्रस्ताव संसद्मा टेबुल गरेको थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि एमसिसी सम्झौता संसद्मा टेबुल हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २५ माघ ०७५ मा उक्त अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न ३० असार ०७६ मा संसद्मा पेस गरेका थिए । करिब ५५ अर्ब रूपैयाँको उक्त सम्झौताअन्तर्गत विद्युत् प्रसारणलाइन र सडक पूर्वाधार विकास गर्ने उल्लेख छ । सरकारले परियोजना अगाडि बढाइसकेको भए पनि अमेरिकाले अनुदानमा दिने उक्त सहयोग लिने÷नलिने भन्ने निर्णय हुन सकेको छैन । सरकारले एमसिसी अनुमोदनको प्रस्ताव टेबुल गरेपछि त्यसमा छलफल सुरू गर्न तय गरिएको प्रतिनिधिसभाको बैठक दुईपटक स्थगित भइसकेका छन् । बिहीबार र शुक्रबार लगातार सूचना टाँस गरेर स्थगित गरिएको थियो । अब आइतबार १ बजेका लागि संसद् बैठक डाकिएको छ । उक्त बैठकमा एमसिसीको प्रस्तावमा सामान्य छलफल अगाडि बढाउने कार्यसूची तय गरिएको छ । दलहरूबीच सहमति भए सम्भवतः आइतबारको संसद् बैठकबाट एमसिसी अनुमोदन हुनसक्ने देखिन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP