Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीमा सकस : दिनभर दौडधुप, उपलब्धि शून्य
एमसिसीमा सकस : दिनभर दौडधुप, उपलब्धि शून्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १३, २०७८
Hardik health
काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषय थप पेचिलो बन्दै गएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा यस विषयमा छलफल सुरू गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा संसद् बैठक स्थगित गरियो । बिहीबार १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक कार्यव्यवस्था समितिमा एमसिसीबारे सहमति नजुटेपछि स्थगित गरिएको थियो । सरकारको आग्रहमा बैठक शुक्रबार (आज) १ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ । यसअघि एमसिसी अनुमोदनको प्रस्तावमाथि सामान्य छलफल अगाडि बढाउने गरी बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गरिएको थियो । सरकारले विरोधका बीच ८ फागुनमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव संसद्मा टेबुल गरेको थियो । बिहीबार यस विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरूको दौडधुप चलेको थियो । एमसिसी जुनसुकै हालतमा पास गराउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरूसँग सहमति जुटाउने प्रयासस्वरूप छलफल गरे । तर छलफल सकारात्मक बन्न सकेन । त्यसपछि उनी प्रतिपक्षी दल नेकपा एमालेतर्फ लागे । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग वार्ता गरे । दिउँसो संसद् भवनमा एमाले नेताहरूसँग छलफल गरेका देउवाले साँझ पुनः एमालेलाई छलफलमा डाक्यो ।प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीसहितका नेताहरू सहभागी थिए । यता सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसिसी तत्काल अगाडि नबढाउने विषयमा सहमति जुटाउन सक्रिय बने । उनले बिहीबार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए । एमसिसी अनुमोदनको विषयमा दलहरूबीच छलफल तीव्र बने पनि बिहीबार कुनै निश्कर्ष निस्कन सकेन । दलहरू आ–आफ्नो अडानमा बसेपछि एमसिसीको पक्ष र विपक्ष दुवैतर्फ सहमति बन्न नसकेको हो । सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस एमसिसी तत्काल पारित गराउनुपर्ने अडानमा छ । माओवादी केन्द्र एमसिसीको प्रस्ताव अहिले नै अनुमोदनका लागि अगाडि बढाउन नहुने पक्षमा छ । उसले सरकारबाट जबर्जस्ती टेबुल गरिएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ, र उक्त निर्णयबाट पछि हटेको छैन । अर्को सत्तारूढ दल नेकपा एकीकृत समाजवादी पार्टी एमसिसी यथास्थितिमा पारित गर्न नहुने अडानमा छ । राष्ट्रय जनमोर्चाले एमसिसी अस्वीकार गर्नुपर्ने बताउँदै आएको छ । सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीभित्रै एकमत छैन । उक्त दलले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न सकेको छैन । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफू संसदीय प्रक्रियामै नरहेको भन्दै एमसिसीको विषयमा मौन बसेको छ । निरन्तर संसद् अवरोध गरिरहेको एमालेले आफ्ना मागहरू सुनुवाइ भए मात्र संसदीय प्रक्रियामा सहभागी हुने र एमसिसीबारे धारणा राख्ने भन्दै पन्छिने गरेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि एमसिसी सम्झौता संसद्मा टेबुल हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २५ माघ ०७५ मा उक्त अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न ३० असार ०७६ मा संसद्मा पेस गरेका थिए । करिब ५५ अर्ब रूपैयाँको उक्त सम्झौताअन्तर्गत विद्युत् प्रसारणलाइन र सडक पूर्वाधार विकास गर्ने उल्लेख छ । सरकारले परियोजना अगाडि बढाइसकेको भए पनि अमेरिकाले अनुदानमा दिने उक्त सहयोग लिने÷नलिने भन्ने निर्णय हुन सकेको छैन । देउवाको अडान प्रधानमन्त्री देउवा एमसिसी जसरी पास गराउने अडानमा छन् । यसका लागि उनी सत्ता गठबन्धन तोड्नसमेत तयार भएका छन् । अमेरिकाले १६ फागुनभित्र एमसिसीबारे निर्णय लिन दिएको समयसीमा नजिकिँदै जाँदा प्रधानमन्त्री चर्को दबाबमा परेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको छलफलमा उनले आफूलाई एमसिसी पास गराउन दबाब रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनले दाहाललाई सत्ता गठबन्धन तोड्न आफू तयार रहेको तर अब एमसिसीलाई रोक्न नसकिने स्पष्ट पारेका थिए । दाहालले भने संसद्मा एमालेको अवरोध जारी रहेकोले तत्कालका लागि एमसिसीको प्रस्ताव रोक्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । सरकारले जबर्जस्ती प्रस्ताव अगाडि बढाए विपक्षमा मतदान गर्ने उनले देउवासमक्ष दोहोर्‍याए । दुवैपक्ष आफ्नो अडान छाड्न तयार नहुँदा बैठक विनानिश्कर्ष टुंगिएको थियो । देउवालाई भेट्न बालुवाटार जानुअघि दाहालले सिंहदरबारमा अर्को सत्तारूढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP