Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितानिवासको जग्गा खरिदः गोयल परिवारको स्रोत खुलेन
ललितानिवासको जग्गा खरिदः गोयल परिवारको स्रोत खुलेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १३, २०७८
kailash-goyal-shrawan-goyal
Hardik health
काठमाडौं– अवैध व्यापारबाट कमाएको पैसाको स्रोत खुलाउन नसकेपछि व्यवसायीद्वय कैलाश गोयल र श्रवण गोयल संकटमा फसेका छन् । उनीहरूमाथि शक्ति केन्द्र र पैसाको आडमा सरकारी कर्मचारीलाई हातमा लिइ अवैध कारोबार गरेको आरोप छ । व्यवसायीद्वयले भन्सार विभागका उच्च अधिकारीहरूसँगको मिलेमतोमा न्यून विजकीकरण गरेर सवारीसाधन आयात गरी करोडौं रूपैयाँ कर छली गरेको खुलेको छ । यसरी कमाएको रकमबाट बालुवाटारस्थित ललितानिवासको जग्गा किनेका कैलाश र श्रवण जग्गा खरिद गर्दा बुझाएको पैसाको स्रोत देखाउन नसकेपछि अहिले मानसिक तनावमा परेको उनीहरूसँग निकट रहेका एक व्यवसायीले बताएका छन् । यी दुई दाजुभाइसहित पाँच जना मिलेर १५ वर्षअघि किनेको जग्गामा विवाद उत्पन्न भएसँगै उनीहरूले उक्त रकमको स्रोत देखाउन सकेका छैनन् । गोयल परिवारले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बालुवाटारको २२ रोपनी जग्गा प्रतिआना सात लाख ३५ हजार रूपैयाँका दरले डिएलएफ डेभलपर्स प्रालिको नाममा किनेका थिए । मालपोत कार्यालयले त्यतिबेलाको चलनचल्तीको मूल्यमा जग्गा किन्दा एक करोड १० लाख रूपैयाँ कर असुली गरेको थियो । उक्त जग्गा किन्दा तत्कालीन समयमा गोयल परिवारले गुरुङलाई २५ करोड रूपैयाँभन्दा बढी करबाहेक बुझाएका थिए । अहिले गोयल दाजुभाइसहितको टिमबाट कम्पनीका अध्यक्ष कैलाशले विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । ललितानिवासको सरकारी जग्गा मालपोत तथा नापी कार्यालयका कर्मचारी र भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गरेपछि त्यसमध्ये २२ रोपनी डिएलएफ डेभलपर्स प्रालिलाई मोटो रकम लिएर बिक्री गरेको आरोप लागेको छ । डिएलएफ डेभलपर्सका अध्यक्षसमेत रहेका व्यवसायी कैलाशले भने आफूहरू पीडित भएको बताउँदै आएका छन् । उक्त जग्गा खरिद गर्दा बुझाएको पैसाको स्रोतबारे प्रश्न गर्दा उनी केही बोल्न चाहँदैनन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले एक करोड ५० लाख रूपैयाँ धरौटी लिएर उनलाई छोडेको थियो । मुद्दा भने अझै किनारा लागिसकेको छैन । गोयल परिवारले कसैले गलत जग्गा दर्ता गराएको वा नक्कली जग्गा दर्ता गरेको भन्ने आफूहरूलाई थाहा नहुने बताउने गरेको छ । आफूहरूले फिल्ड हेरेर नै जग्गा किनेको दाबी गोयल परिवारले गर्दै आएको छ । गोयल परिवारले अवैधरूपमा सामान नेपाल भित्र्याउने र अत्यधिक महँगोमा बिक्री नर्ने गरेको आरोपसमेत लाग्दै आएको छ । कर, राजस्व, आयकरका साथै मूल्यअभिवृद्धि कर (भ्याट) समेत ठूलो मात्रामा छली गर्दै आएको उक्त परिवारले अवैधरूपमा न्यून भन्सार मूल्यांकन गरेर भित्र्याउने गरेका छन् । भन्सारका कर्मचारी र केही व्यापारीको मिलेमतोमा कम भन्सार मूल्यांकन गरी महँगा गाडी नेपाल भित्र्याउने कार्य हुँदै आएको छ । साउथ चाइना एक्जिम लिमिटेडबाट नेपालका लागि टेस्ला कारको प्याकिङ लिस्ट जारी गरेको नक्कली कागजातमा गाडी नेपाल भित्र्याउनेमा गोयल समूह अगाडि रहेको छ । साउथ चाइनाले नेपालको अरेटी इन्टरनेसनल टंगाल काठमाडौंको नाममा विल नम्बर एआर २२९२०२५९ आर टेस्ला कार पठाएको भेटिएको छ । ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला कार नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको नक्कली बिल पेस गरी न्यून भन्सार मूल्यांकनबाट राजस्व छली गरेको प्रस्ट देखिन्छ । अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमतासमेत झुक्याएर १५ प्रतिशतमात्रै अन्तः शुल्क तिरेर ल्याएको पाइएको छ । गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४५० रूपैयाँ देखाइएको छ । भन्सार शुल्कबापत १६ लाख ६४ हजार रूपैयाँ तिरिएको उल्लेख गरेको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले गत वर्षको माघ १३ गते मन्त्रीस्तरीय निर्णयमार्फत् आर्थिक ऐनको गलत व्याख्या गरेर ती गाडी छोड्नका लागि बाटो खोलिदिएसँगै अवैध धन्दाले प्रश्रय पाएको थियो । यसरी अवैधरूपमा कानुनी छिद्रालाई प्रयोग गरी श्रवण गोयल र राकेश अदुकिया नामक व्यापारीले नेपालमा ‘ज्यागुआर ल्याण्डरोभर अटोमोटिभ पिएलसी’ भन्ने बेलायती बहुराष्ट्रिय कम्पनीको गाडीसमेत आयात गरेको भेटिएको छ । उनीहरूले भन्सार कर्मचारीसँगको मिलिमतोमा ल्याण्डरोभर, रेञ्जरोभर र ज्यागुआर गाडीहरू कम भन्सार मूल्यांकन गरेर नेपाल भित्र्याएर अत्यधिक मूल्य निर्धारण गरी बिक्री गर्दै आएको पाइएको छ । ज्यागुआर ल्याण्डरोभर अटोमोटिभ पिएलसी वा त्यसको सहायक कम्पनीले किशोर गियरलाई गाडी बिक्रीको अनुमतिसमेत दिएको छैन, र उसले नेपालका लागि आधिकारिक बिक्रेता पनि नियुक्त गरेको छैन । यही कम्पनीको नामबाट उक्त अवैध धन्दा गरिँदै आएको खुलेको छ । आर्थिक ऐनको दफा १२ को खण्ड ‘ङ’ मा लेखिएको छ– ‘यस उपदफाको खण्ड ‘क’ (माथि उल्लिखित व्यवस्था) वा खण्ड ‘ख’ (प्रयोग भइसकेका सवारीसाधन पैठारी गर्न नपाइने व्यवस्था) मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएका सवारी वा ढुवानीका साधनहरू जफत गर्न सकिनेछ ।’ तर, उक्त ऐनलाई समेत लत्याउँदै गोयल समूहले अवैध व्यापार गरिरहेको छ । अहिले आर्थिक ऐनको गलत व्याख्या गरेर जुन गाडीको भन्सार जाँचपास गरिँदै छ, ती गाडी पनि मुलुकका ‘हाइ प्रोफाइल’ उद्योगपति, व्यापारी र सञ्चार उद्यमीहरूले आफू चढ्नका लागि भित्र्याउन लागेको भनिए पनि अन्त्यमा ती गाडीहरू महँगो मूल्यमा अन्यत्र बिक्री गर्नकै लागि नेपालमा आयात गरिँदै आएको छ । ती गाडीको आधिकारिक वेबसाइटमा गाडीको स्पेसीफिकेसन अनुसार अमेरिकामा यसको मूल्य ५४ हजार ९९० अमेरिकी डलर रहेको छ । चीनमा अर्कै ब्याट्री प्रयोग गरेकाले ४७ हजार ९५० अमेरिकी डलर पर्ने उल्लेख छ । तर, नेपालमा भने ती गाडीहरू ३५ हजार अमेरिकी डलरमा आयात भएको भन्दै त्यही मूल्यमा भन्सार तिरेको देखिन्छ । नेपालमाभन्दा अन्य देशमा उक्त गाडीको मूल्य कसरी फरक पर्‍यो भन्ने विषय रहस्यमय रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP