Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गाउँ प्रवेश अभियानमा दलहरू
गाउँ प्रवेश अभियानमा दलहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १३, २०७८
Hardik health
मान्म– कालीकोट जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्ष गर्दै गाउँ पस्न थालेका छन् । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र अन्य साना दलले गाउँ प्रवेश अभियान थालेका हुन् । दलका नेताले गाउँमा गएर कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लिएर अहिले गाउँ गाउँमा अभियान नै थालिएको नेपाली कांग्रेसका जिल्लासभापति अम्मबहादुर शाहीले बताए । ‘पार्टीलाई जिताउका लागि गाउँगाउँमा कार्यकर्ता भेटघाट, घरदैलो र भेला सुरु गरिसकेका छौँ,’ उनले भने, ‘पार्टीका नेताको कार्यविभाजनअनुसार गाउँ गाउँमा अहिले नेता तथा कार्यकर्ताको सक्रियता बढाइएको छ ।’ जिल्लाका नौवटै स्थानीय तहमा आगामी चुनाव लक्षित कार्यक्रम गर्दै पार्टी प्रवेश तथा कार्यकर्ता भेला र संगठन विस्तारमा लागिएको नेकपा (एमाले)का जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताए । ‘चुनाव नजिकिँदै गएको छ । सम्भावित उम्मेदवार छान्न र आगामी चुनावका लागि अहिले हामीले गाउँ गाउँमा अभियान थालेका छौँ,’ उनले भने, ‘चुनाव आइसक्यो । प्रचारप्रसारलाई तीव्र पारिएको छ ।’ माओवादी केन्द्रले अहिले गाउँ गाउँमा गएर वडा तथा टोल भेला गरेर आगामी चुनावका एजेण्डासहित अभियानकै काम अगाडि बढाइएको जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईंले जानकारी दिए । ‘हामी विगतमा पाँच स्थानीय तहमा विजयी भएका थियौँ,’ उनले भने, ‘यो पटक थप स्थानीय तहमा विजयी हुने गरी अभियान थालेका छौँ ।’ पार्टीलाई मजबुत बनाएर एकीकृत रूपमा अगाडि बढाउनाका साथै अहिले सबै स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए । ‘हामीले संगठन सुदृढीकरण र विस्तारको अभियान थालेका छौँ,’ उनले भने, ‘हामी सबै नेता तथा कार्यकर्ता गाउँमा छौँ ।’ जिल्लाका साना दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP