Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आज संसद् बैठक : एमसिसीलाई छलफलमा लगिने
आज संसद् बैठक : एमसिसीलाई छलफलमा लगिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १२, २०७८
Hardik health
काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता अनुमोदन गर्ने प्रस्तावमाथि आज (बिहीबार)बाट संसद्मा छलफल सुरू गरिँदै छ । गत आइतबार प्रतिनिधिसभामा टेबुल गरिएको सम्झौता आज बस्ने बैठकमा छलफलका लागि पेस गर्ने कार्यसूची बनाइएको छ । बिहीबारको सदनमा एमसिसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख गरिएको हो । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् । ८ फागुनमा एमसिसी सदनमा टेबुल भएको थियो । अर्थमन्त्रीले टेबुल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए । आफू अस्वस्थ भएको भन्दै उनी संसद् बैठकमै अनुस्थित भएपछि शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबुल गरेका थिए । बिहीबारको बैठकमा पनि अर्थमन्त्री शर्मा अनुस्थित हुने सम्भावना रहेको बताइन्छ । उनी समर्थित दल नेकपा माओवादी केन्द्रले एमसिसीको विपक्षमा उभिने निर्णय गरिसकेकाले उनी बैठकमा अनुपस्थित हुने सम्भावना छ । बुधबार संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को सम्भावित कार्यसूचीमा एमसिसी सम्झौता सामान्य छलफलका लागि सदनमा पेस गर्ने उल्लेख गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकले संसद्को कार्यसूचीलाई पूर्णता दिनेछ । उक्त बैठकमा एमसिसीलाई छलफलका लागि कसरी प्रस्तुत गर्ने भन्ने विषयमा थप निर्णय हुनेछ । बिहीबारको बैठकमा एमसिसी सम्झौतामाथिको छलफल सहज ढंगले अघि बढ्ने सम्भावना देखिँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध कायम राख्ने प्रस्ट पारिसकेको छ । एमालेको गत भदौदेखि संसद्मा अवरोध कायमै राखेको छ । एमालेले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदको सूचना सभामुख सापकोटाले टाँस नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । उसले १४ सांसदलाई कारबाही गर्नुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । एमालेले सदनमा नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरिरहेको छ । त्यसैले एमालेको होहल्लाबीचमा छलफल प्रभावकारी नहुने अनुमान गर्न सकिन्छ । एमालेबाहेक सत्तापक्षका सांसदहरूले पनि एमसिसी टेबुल भइरहँदा विरोध जनाएका थिए । त्यसबेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरासहितका नेताहरू एमसिसीको विपक्षमा नाराबाजीमा उत्रिएका थिए । एमसिसी टेबुल भएपछि माओवादी केन्द्र र नेकपा एसले पनि विपक्षमा उभिने निर्णय गरिसकेका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीसहितका दल एमसिसीको विपक्षमा छन् । त्यसैले पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरूले नै विरोधमा संसद् अवरोध गर्नसक्ने सम्भावना छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाले दिएको पनि तीव्र पारेका छन् । उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाणलाई परिचालन गरेका थिए । मन्त्री खाणले दाहाललाई खुमलटार तथा ओलीलाई बालकोट पुगेर एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार छलफलमा दुवै अध्यक्षले एमसिसी पारित गर्ने सम्बन्धमा सकारात्मक जवाफ दिएका छैनन् । दुवै अध्यक्ष यसअघिको पूर्ववत् अडानमा कायम छन् । माओवादी केन्द्रले एमसिसीका केही बुँदा संशोधन नगरी पारित गर्न नसकिने र एमालेले पहिले १४ सांसदलाई कारबाही भएपछि मात्र संसदीय प्रक्रियामा सहभागी हुने अडान राख्दै आएका छन् । एमाले र माओवादी केन्द्रको साथ नमिलेको खण्डमा कांग्रेसले दलभित्रका एमसिसी पक्षधर सांसदहरूको मत बटुलेर भए पनि पारित गर्ने रणनीति अख्तियार गरेको छ । सोहीअनुसार नेकपा एसका प्रेमबहादुर आले पक्षधर १० सांसद, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर ११ सांसदसहित लोकतान्त्रिक समाजवादीको समर्थनमा बहुमत जुटाउने खेलमा पनि लागेको छ । नेकपा एसका नेता तथा संस्कृति, पर्यटक तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पकडमा उक्त पार्टीका १० सांसद रहेको कुरामा बालुवाटार स्रोत विश्वस्त छ । त्यसबाहेक माधव नेपालका विश्वासपात्रहरू रामकुमारी झाँक्री र विरोध खतिवडा पनि एमसिसीको पक्षमा देखिएका छन् । यस्तो अवस्थामा नेकपा एसले अन्तिम समयसम्ममा साथ दिने कांग्रेसको बुझाइ छ । यसअघि आलेले नेकपाको आन्तरिक विवादमा ओलीको पक्षमा रहे पनि अन्तिमसमयमा केही सांसदहरू लिएर नेपाल खेमामा पुगेका थिए । उनकै सहयोग कारणले एमालेबाट अलग्गिएर नेकपा एस गठन गर्न सम्भव भएको थियो । बिहीबार पनि संसद् भवन अगाडि प्रदर्शन हुने सम्भावना छ । यसअघि एमसिसी टेबुल गरिएको दिन संसद् भवन बाहिर नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । उक्त दिन नयाँ बानेश्वर क्षेत्र रणमैदानझैँ देखिएको थियो । बिहीबार पनि प्रदर्शन हुने सम्भावना रहेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरी त्यस क्षेत्रमा काँडेतारको बार थपेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP