Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘एमसिसी पास गराउन सबै उपाय अपनाउँछौं’
‘एमसिसी पास गराउन सबै उपाय अपनाउँछौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १२, २०७८
meen_20201031153347
Hardik health
काठमाडौं– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसिसी पास गराउनका लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले एमसिसीलाई लिएर राष्ट्रिय राजनीति गिजोल्न नहुने टिप्पणी गरे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुक यतिबेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ । विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । यो सरकारसामु एउटा चुनौती आयो । एमसिसी पास गराउन प्रधानमन्त्रीज्यू लाग्नुभएको छ, उहाँ यसमा सफल हुनुहुनेछ ।’ एमसिसीलाई पहिलो पत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले लेखेको उनले दाबी गरे । ‘झलनाथ खनाल, बाबुराम भट्टराई उहाँहरू प्रधानमन्त्री हुँदा एमसिसीको प्रक्रियामा सहभागी हुनुभएको छ, तर यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भइसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो,’ उनले भने । नेता विश्वकर्माले एमसिसी देशको हितमा भएको जिकिर गरे । उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने बताए । एमसिसी पास गराऔं भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारम्बार भनिरहेको उनले सुनाए । अहिले एमसिसीलाई लिएर कांग्रेस ‘हाम्रो घरमा कोही काम गर्ने भएनन्, बाहिरको आउनुहोस् भन्ने अवस्था’मा पुगेको समेत बताए । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमसिसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरे । उनले भने, ‘जहाँसम्म एमसिसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यस प्रकारको सम्झौता होइन । यो विकास परियोजना हो । कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भइन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ ।’ एमसिसी नेपालको हितमा रहेको उनले बताए । ‘यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन । यसमा हामी स्पष्ट छौं । एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन । सरकारले एमसिसी पेस गरिसकेको छ । सरकारले पेस गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो । उहाँहरूले सरकार छोेडेपछि एमालेले निर्णय गर्छ,’ थापाले भने । अहिलेको सरकारले सदनमा पेस गरेका कुनै पनि विजनेसमा सरकारमा सहभागी भएका दलहरू नै बढी जिम्मेवार हुने उनको भनाइ छ । उनले एमसिसीको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर आपत्ति जनाए ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP