Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीको विवाद कायमै: माओवादी सहमतिबाट ‘ब्याक’
एमसिसीको विवाद कायमै: माओवादी सहमतिबाट ‘ब्याक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ५, २०७८
Hardik health
काठमाडौं– सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र प्रतिबद्धताबाट पछि हटेपछि सरकारले बुधबार पनि अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता अनुमोदनको प्रस्ताव संसद्मा टेबुल गर्न सकेन । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसिसी अनुमोदनको प्रस्ताव टेबुल गर्ने सरकारको तयारी थियो । तर, सत्ता गठबन्धनमा सहमति नजुटेपछि उक्त प्रस्ताव अगाडि बढाउने तयारी रोकिएको हो । बुधबार बिहान बसेको सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी अनुमोदनको प्रस्ताव टेबुल गरिए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले संसद्मा टेबुल गर्ने तयारी स्थगन गरेका हुन् । उनले शुक्रबार (६ फागुन) बस्ने संसद् बैठकमा एमसिसीको प्रस्ताव टेबुल हुने बताएका छन् । यसअघि मंगलबार बसेको सर्वदलीय बैठकमा माओवादी केन्द्रले एमसिसी प्रस्ताव अगाडि बढाउन दिने सहमति गरेको थियो । सत्ता गठबन्धनमा पनि एमसिसी अगाडि बढाउने शर्तमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने सहमति जुटेको चर्चा चलेको थियो । सोहीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसिसीलाई अगाडि बढाउने संकेत गरेका थिए । संसदीय दलको बैठकबाट उक्त निर्णय पारित गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सत्तारूढ दलका शीर्ष नेताहरूबीच छलफल गरेर मात्र एमसिसीको प्रस्ताव अगाडि बढाउने सहमति बन्यो । उक्त सहमतिसँगै एमसिसी अनुमोदनको प्रस्ताव बुधबार नै संसद्मा टेबुल गर्ने तयारी गरेका प्रधानमन्त्री देउवा रोकिएका हुन् । सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने छ । बिहीबारको बैठकमा पनि एमसिसीको विषयमा सत्तारूढ दलहरूबीच सहमति जुट्ने सम्भावना न्यून देखिन्छ । सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले मंगलबार नै एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव अगाडि बढाउन सरकारलाई निर्देशन दिइसकेको छ । बुधबार माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी संशोधनविना एमसिसी सम्झौता अनुमोदन गर्न नहुने अडानमा कायमै छ । गठबन्धनको अर्को दल जनता समाजवादीले प्रस्ट निर्णय गरेको छैन भने राष्ट्रिय जनमोर्चा एमसिसी अस्वीकार गर्नुपर्ने अडानमा छ । यस हिसाबले बिहीबारको बैठकबाट पनि ठोस सहमति बन्ने सम्भावना देखिँदैन । एमालेको अवरोध कायमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नाराबाजी गरेको छ । बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेका थिए । नाराबाजीबीच करिब पाँच मिनेट चलेपछि बैठक ६ फागुनमा बस्ने गरी स्थगित गरियो । सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएपछि एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दैै आएको छ । एमाले सांसदहरूको नाराबाजीका बीच सभामुख सापकोटाले संसद् बैठक अघि बढाएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री बडूले थारु आयोगको प्रतिवेदन पेस गरे । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि संसद् बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनको विषय कार्यसूचीमा नराख्ने जानकारी दिएका थिए । दलहरूबीच सहमति नभएकाले बुधबारको कार्यसूचीमा नराखिने उनले बताएका थिए । एमसिसीविरुद्ध प्रदर्शन एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताका साथै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरू एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेताहरू पनि प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीले एमसिसी खारेज गर्नुपर्नेसहितको नारा लगाएका थिए ।बुधबार एमसिसीको पक्षमा पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिक अभियानले माइतिघरमा एमसिसी तत्काल संसद्बाट पारित गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP