Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बुधबार संसद बैठक आह्वान: एमसिसी टेबुलको तयारी
बुधबार संसद बैठक आह्वान: एमसिसी टेबुलको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ४, २०७८
MCC Table work
Hardik health
काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौताले राजनीतिक वातावरण गिजोलिएपछि चारपटक स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । राजनीतिक अन्योलताबीच बुधबार १ बजेका लागि बैठक बोलाइएको छ । बुधबारको बैठकमा एमसिसीसँगको सम्झौता अनुमोदन गर्ने प्रस्ताव संसद्मा टेबुल हुने संभावना छ । त्यसैले बुधबारको बैठकलाई महत्वका साथ हेरिएको छ । यसअघि ३ माघमा बोलाइएको संसद् बैठक कोरोना संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो । त्यसपछि १६ माघमा बोलाइएको बैठक एमसिसीका सन्दर्भमा सत्ता गठबन्धनमा एकमत नभएपछि २६ माघसम्मका लागि स्थगित गरिएको थियो । यसबीचमा एमसिसीको विषयले करिब सत्ता गठबन्धन नै टुट्ने अवस्था सिर्जना भएको थियो । त्यसपछि २६ माघको बैठक पनि सूचना टाँस गरेर २ फागुनसम्मका लागि स्थगित गरिएको थियो । तर, सोही दिन बिहान साढे १० बजे नै गठबन्धनले एक्कासी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । यसबीचमा सत्ता गठबन्धनमा एमसिसीलाई संसद्मा प्रस्तुत गर्ने सहमति पनि भएको बताइएको छ । सोही सहमतिले संकटको मोडमा पुगिसकेको गठबन्धन एकपटक जोडिदिएको छ ।यसअघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी सम्झौता यथास्थितिमा कुनै पनि हालतमा पास गर्न नहुने अडान थिए । तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस एमसिसी कुनै पनि हालतमा पास गर्नुपर्ने पक्षमा उभिएको थियो । प्रधानमन्त्री देउवाले यसबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिन गोप्यरूपमा एमसिसीलाई लेखेको पत्र नै सार्वजनिक गरिदिए । त्यस्तै देउवाले एकलौटी रूपमा ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने भनी मिति घोषणा गरिदिए ।त्यसपछि निकै तिक्त बनेको गठबन्धन दलहरूको सम्बन्ध एकाएक प्रधानन्यायाधीशलाई महाअभियोग लगाएपछि सुधार भएको छ । त्यसैले बुधबारको बैठकमा एमसिसी संसद्मा अघि बढाइने संभावना छ । मंगलबार सार्वजनिक गरिएको संसद्को संभावित कार्यसूचीमा एमसिसी सम्झौता उल्लेख गरिएको छैन । तर, बुधबार बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकले कार्यसूचीमा एमसिसी थप्ने कांग्रेस नेताहरूले बताइसकेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीलाई कार्यसूचीमा थप गर्ने स्पष्ट पारिसकेका छन् । यसअघि एमसिसी सम्झौतालाई कुनै पनि हालतमा अघि नबढाउने अडान राख्दै आएका सभामुख सापकोटा एमसिसीका सन्दर्भमा नरम देखिएका छन् । सोमबार भएको सर्वदलीय बैठकपछि उनले आफू एमसिसीका सन्दर्भमा ‘एम्पायर’ मात्र भएको वास्तविक खेलाडीहरू राजनीतिक दलहरू नै भएको बताएर उनले आफूले एमसिसीलाई अघि बढाउने संकेत गरिसकेका छन् । कांग्रेस पास गर्नुपर्ने पक्षमा कांग्रेले एमसिसी सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । कांग्रेसले मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो । उसले एमसिसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको ठहर गर्दै कांग्रेसले एमसिसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसिसी संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने कांग्रेसको जिकिर छ । कांग्रेसले भनेको छ, ‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आमचासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’ कांग्रेसले एमसिसी सम्झौतालाई संघीय संसद्मा अनुमोदनका लागि अविलम्ब प्रस्तुत गर्न सरकारलाई सुझाव पनि दिएको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता संसद्मा पेस गरेकाले संसद्बाट अनुमोदन गराउन एमालेले सहयोग गर्ने आशा राखेको छ । त्यस्तै तत्कालीन नेकपामा रहेको र एमसिसी सम्झौताको विभिन्न प्रक्रियामा सहभागी भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलले पनि अनुमोदनमा सहयोग गर्ने कांग्रेसले अपेक्षा राखेको छ । माओवादी केन्द्रले एमसिसीबारे निर्णय गर्न बुधबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । महाअभियोग प्रकरणपछि माओवादी केन्द्रका नेताहरू एमसिसीका सन्दर्भमा नरम देखिएका छन् । बुधबारको बैठकबाट माओवादी केन्द्रले एमसिसी पारित गर्नुपर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ । एमाले विपक्षमा ! प्रमुख प्रतिपक्ष दल एमाले भने एमसिसीको विपक्षमा उभिनसक्ने देखिएको छ । पहिले सत्तारुढ दलहरूले औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र आफ्नो धारणा बनाउने बताइरहेको एमाले अन्ततः एमसिसीको विपक्षमा उभिने संकेत देखिएको हो । प्रधानमन्त्री देउवा एमाले एमसिसीको विपक्षमा उभिने संकेत बुझेकैले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन तयार भएको चर्चा पनि चलेको छ । बुधबारको कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठकमा देउवाले एमाले एमसिसीको विपक्षमा उभिने रिपोर्टिङ गरेका थिए । एमालेको सोमबार बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदले एमालेले एमसिसीको पक्षमा उभिन नहुने बताएका थिए । त्यसपछि अध्यक्ष ओलीले एमसिसीका सन्दर्भमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताएका थिए । बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले एमसिसीको पक्षमा नरहेको धारणा सार्वजनिक गरेका थिए । उनले एमसिसीका सन्दर्भमा तल्लो तहसम्म विपक्षी मत बनिसकेको भन्दै जनताको अभिमतलाई एमालेले सम्मान गर्ने बताएर एमाले विपक्षमा उभिने संकेत दिएका हुन् । यद्यपि, एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गरेका बेला एमसिसी सम्झौता पारित गराउन कोसिस गरेका थिए । उनी नेतृत्वको सरकारले नै संसद्मा एमसिसी सम्झौता दर्ता गरेको थियो । तर, पार्टीभित्रैको विरोध र मुख्यगरी तत्कालीन सभामुख कृष्णबहादुर महराले साथ नदिएपछि एमसिसी संसद्मा टेबुल हुन सकेको थिएन । एमालेले बुधबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सबै सांसदलाई राजधानी बोलाएको छ । सोही कारण पनि एमाले विपक्षमा उभिने अनुमान गरिएको छ । त्यस्तै एमालेले गत भदौदेखि नै संसद् बैठक लगातार अवरोध गर्दै आएको छ । सोही अवरोधको शृंखला बुधबारको बैठकमा पनि जारी राख्ने एमालेको तयारी छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०५:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP