Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीश महाअभियोग प्रकरण : पर्खाइमा एमाले ‘मुभ’
प्रधानन्यायाधीश महाअभियोग प्रकरण : पर्खाइमा एमाले ‘मुभ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३, २०७८
KP
Hardik health
काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनले महाअभियोगको प्रस्ताव दर्ता गराएपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ‘मुभ’को विषयमा सर्वत्र चासो भइरहेको छ । सत्ता गठबन्धन दलका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि सबैको ध्यान एमालेको निर्णयतर्फ सोझिएको हो । प्रस्ताव दर्ता भएपछि आइतबार साँझ बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो । त्यसपछि सोमबारका लागि तय गरिएको संसदीय दलको बैठकले थप निर्णय लिने अपेक्षा गरिएको थियो । यद्यपि, सोमबार बसेको बैठकले त्यससम्बन्धमा ठोस निर्णय भने गर्न सकेन ।जबराविरुद्ध पहिले नै सत्ता गठबन्धनले महाअभियोग लगाउने अनुमान गरिएको थियो । उनीविरुद्ध सर्वोच्चका न्यायाधीशहरू र कानुन व्यवसायीहरूसमेत आन्दोलनमा उत्रिएपछि महाअभियोगको चर्चा चलेको थियो । कानुन व्यवसायीहरूले जबरालाई महाअभियोग लगाउन माग गर्दै सबै राजनीतिक दलहरूलाई गुहारसमेत मागेका थिए । त्यसबेला सबै दलले महाअभियोग लगाएनन् । तर, न्यायाधीशहरू र कानुन व्यवसायीहरूको आन्दोलनसमेत केही मत्थर भइसकेको बेला सत्ता गठबन्धनले अकस्मात महाअभियोगको प्रस्ताव दर्ता गराएपछि राजनीतिक क्षेत्र तरंगित बन्न पुगेको हो ।प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय उठ्दा एमालेले जबरालाई मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश दिने संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । एमालेको आडमा जबराले पनि आफूलाई संवैधानिक प्रक्रियाबाटै हटाउन सत्ता गठबन्धनलाई चुनौती दिँदै आएका थिए । यसबीचमा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पनि महाअभियोग लगाइनुपर्ने बताउँदै आएको थियो । सोही कारण सत्ता गठबन्धनले जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएपछि एमालेले पनि बाँकी चार न्यायाधीश र सभामुख सापकोटाविरुद्ध ‘काउन्टर प्रस्ताव’ दर्ता गर्ने अनुमान गरिएको थियो । तत्कालै एमालेले काउन्टर प्रस्ताव दर्ता गराउने अनुमान गरिए पनि सोमबार बसेको संसदीय दलको बैठकले त्यस विषयमा ठोस निर्णय नगरी यस सम्बन्धमा निर्णय गर्ने अधिकार शीर्ष नेताहरूलाई दिएको छ । यद्यपि, एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर भने संकलन गरेको छ । खाली कागजमा एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको हो । जम्मा ६ वटा कागजमा सांसदहरूको हस्ताक्षर संकलन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । त्यसमध्ये एउटा बैठकमा उपस्थिति प्रयोजनका लागि र बाँकी पाँच वटा हस्ताक्षर आवश्यकताअनुसार प्रयोग गर्ने प्रयोजनका लागि संकलन गरिएको उनले बताए । यद्यपि, एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न मानेनन् । भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सांसद भट्टले कुन प्रयोजनका लागि संकलन गर्न खोजिएको हो त्यो कदमबारे प्रस्ट नभएकाले आफूहरूले हस्ताक्षर नगरेको बताए । एमालेले खाली कागजमा आङ्खना सांसदहरूको हस्ताक्षर संकलन गरेपछि काउण्टर प्रस्ताव दर्ता गराउनसक्ने अनुमान गरिएको छ । एमालेले पूर्वधारणा अनुसार पाँचवटा हस्ताक्षर संकलन गरेकाले चार न्यायाधीश र सभामुखविरुद्ध काउण्टर प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर संकलन गरेको अनुमान गरिएको हो । यद्यपि, बैठकमा सम्बोधन गरेको अध्यक्ष केपी शर्मा ओली र अन्य सांसदहरूको भनाइका आधारमा भने तत्काल एमालेले काउण्टर प्रस्ताव दर्ता गराउने परिस्थिति देखिएको छैन । तर, एमालेले जुनसुकै बेला काउण्टर प्रस्ताव दर्ता गराउनसक्ने कुरालाई भने नकार्न सकिन्न । त्यसैले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको सम्बन्धमा एमालेको ‘मुभ’ सबैका लागि प्रतिक्षाको विषय बनेको छ । तर, यदि एमालेले प्रस्ताव दर्ता गराए पनि त्यो संसद्बाट पारित हुने संभावना भने छैन । सत्ता गठबन्धनले दर्ता गराएको जबराविरुद्धको प्रस्ताव पनि पारित हुने स्थिति देखिँदैन । महाअभियोग प्रस्ताव पारित हुनका लागि संसद्मा दुईतिहाइको समर्थन आवश्यक पर्छ । तर, उक्त संख्या गठबन्धन र एमाले दुवैसँग छैन । जबरालाई बोकेर नहिँड्ने बैठकमा अध्यक्ष ओलीले तत्काल अरु न्यायाधीशलाई काउन्टर महाअभियोग ल्याउने सोच नरहेको संकेत गरेका थिए । उनले परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै कुनै पनि बेला जुनसुकै कदम चालिने प्रस्ट पारे । बैठकलाई सम्बोधन गर्ने क्रममा उनले एमाले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने उनको भनाइ छ । उनले सुविचारित ढंगले एमालेले सडक, सदन र कानुनी तीनै मोर्चाको लडाइँ लड्ने बताएका थिए । ‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ । उनीहरू कसरी आउँछन् हामी हेर्दै छौँ, नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौँ । आवेग र प्रतिशोधमा होइन,’ उनले भने । अध्यक्ष ओलीले अस्वभाविक र कृत्रिम रूपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप पनि लगाएका छन् । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताए । ‘आज मुलुकमा अस्वाभाविक र कृत्रिम रूपमा बनेको गठबन्धनले अस्थिरता निम्त्याउन खोजिरहेको छ । स्थानीय चुनाव सार्ने योजना अनुरूप गठबन्धनले यस्तो षड्यन्त्र गरेको प्रस्ट छ ।’ बैठकमा बोल्ने सांसदहरूले जबरा र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई बोकेर हिँड्न नसकिने भन्दै यस विषयमा नेतृत्वलाई सचेत गराएका थिए । उनीहरूले अधिकांश जनता जबरा र एमसिसीको विरोधमा रहेको भन्दै दुवै विषयलाई काँध हाल्दा पार्टीलाई फाइदा नहुने मत राखेका थिए । सांसद भीम रावलले एमसिसीका सन्दर्भमा छलफल गरेर पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने माग गर्दै लिखित प्रस्ताव राखेका थिए । एमसिसीबारे कार्यसूची बनाएर छलफल गर्नुपर्ने रावलको माग छ । त्यसअघि अध्यक्ष ओलीले पनि जबरालाई बोकेर हिँड्न आफ्नो चाहना नभएको बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP