Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संकटमा सत्ता गठबन्धन
संकटमा सत्ता गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १, २०७८
Satta-Gathbandhan
Hardik health
काठमाडौं– तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध आन्दोलनमा उत्रिएका दलहरू अन्ततः सत्ता साझेदारीको निर्णयमा पुगेको थिए । ओलीको कदमको विरोध गर्दै सर्वोच्च अदालतमा गएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीचको गठबन्धन संकटको स्थितिमा पुगेको छ । विशेष गरेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र स्थानीय तहको निर्वाचनको मिति घोषणाका सन्दर्भमा फरक मत देखिएपछि गठबन्धन अन्त्यको मोडमा पुगेको छ । सत्ता गठबन्धन दलहरूमध्ये कांग्रेस एमसिसी पारित गर्नुपर्ने र आगामी बैशाखभित्रै निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको थियो । तर, विशेष गरेर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी पारित गर्न नहुने र सकेसम्म स्थानीय निर्वाचनलाई पर धकेल्ने पक्षमा रहेका थिए । यी दुई विषयमा फरक मत रहेपछि आगामी तीनवटै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका नेताहरू गठबन्धन तोड्ने मुडमा पुगेका हुन् । कांग्रेसका नेताहरूले गएको १२ माघमा भएको राष्ट्रियसभाको निर्वाचनलगत्तै गठबन्धन तोड्नुपर्ने पक्षमा देखिएका थिए । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरताको पक्षमा देखिए पनि अन्य अधिकांश नेताहरू गठबन्धनको विरोधमा उभिएपछि उनी पनि गठबन्धन अन्त्य गर्ने मोडमा पुगेका थिए । सोही कारण उनले यसअघि गोप्यरूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस“ग एमसिसीलाई लेखेको गोप्य पत्र सार्वजनिक गरेका थिए भने, एकलौटी रूपमा ३० बैशाखमा स्थानीय तहको निर्वाचनको मितिसमेत घोषणा गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू गठबन्धनको निरन्तरताका पक्षमा रहे पनि शनिबार भने नयाँ दृश्य देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई गठबन्धन तोड्ने धम्की दिएका छन् । आसन्न संसद बैठकमा यथास्थितिमै एमसिसी सम्झौता टेबल भएमा आफ्नो पार्टी सरकारबाट बाहिरिने उनले चेतावनी दिए । शनिबार देउवा, दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सौहार्द नभएको बताइएको छ । छलफलका क्रममा दाहालले देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनीनिकट एक नेताले जानकारी दिए । दाहालको प्रश्नमा नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरूले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएको दाबी गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP