Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संकटमा सत्ता गठबन्धन
संकटमा सत्ता गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १, २०७८
Satta-Gathbandhan
Hardik health
काठमाडौं– तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध आन्दोलनमा उत्रिएका दलहरू अन्ततः सत्ता साझेदारीको निर्णयमा पुगेको थिए । ओलीको कदमको विरोध गर्दै सर्वोच्च अदालतमा गएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीचको गठबन्धन संकटको स्थितिमा पुगेको छ । विशेष गरेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र स्थानीय तहको निर्वाचनको मिति घोषणाका सन्दर्भमा फरक मत देखिएपछि गठबन्धन अन्त्यको मोडमा पुगेको छ । सत्ता गठबन्धन दलहरूमध्ये कांग्रेस एमसिसी पारित गर्नुपर्ने र आगामी बैशाखभित्रै निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको थियो । तर, विशेष गरेर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसी पारित गर्न नहुने र सकेसम्म स्थानीय निर्वाचनलाई पर धकेल्ने पक्षमा रहेका थिए । यी दुई विषयमा फरक मत रहेपछि आगामी तीनवटै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका नेताहरू गठबन्धन तोड्ने मुडमा पुगेका हुन् । कांग्रेसका नेताहरूले गएको १२ माघमा भएको राष्ट्रियसभाको निर्वाचनलगत्तै गठबन्धन तोड्नुपर्ने पक्षमा देखिएका थिए । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरताको पक्षमा देखिए पनि अन्य अधिकांश नेताहरू गठबन्धनको विरोधमा उभिएपछि उनी पनि गठबन्धन अन्त्य गर्ने मोडमा पुगेका थिए । सोही कारण उनले यसअघि गोप्यरूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस“ग एमसिसीलाई लेखेको गोप्य पत्र सार्वजनिक गरेका थिए भने, एकलौटी रूपमा ३० बैशाखमा स्थानीय तहको निर्वाचनको मितिसमेत घोषणा गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू गठबन्धनको निरन्तरताका पक्षमा रहे पनि शनिबार भने नयाँ दृश्य देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई गठबन्धन तोड्ने धम्की दिएका छन् । आसन्न संसद बैठकमा यथास्थितिमै एमसिसी सम्झौता टेबल भएमा आफ्नो पार्टी सरकारबाट बाहिरिने उनले चेतावनी दिए । शनिबार देउवा, दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सौहार्द नभएको बताइएको छ । छलफलका क्रममा दाहालले देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनीनिकट एक नेताले जानकारी दिए । दाहालको प्रश्नमा नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरूले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएको दाबी गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP