
काठमाडौं - छापावाल सुनको मूल्य बजारमा प्रतितोला एक सयले बढेर ९४ हजार रुपैँया भएको छ ।
अघिल्लो दिन भने प्रतितोला ९३ हजार ९ सय रुपैँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैँया कायम भएको छ ।
जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४ सय तोकिएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार २ सय ८० कायम भएको महासङ्घले जनाएको छ ।