Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनका लागि ५० अर्ब माग
निर्वाचनका लागि ५० अर्ब माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २८, २०७८
Hardik health
काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि रु. ५० अर्ब बजेट माग गरेको छ । आगामी ३० बैशाखमा देशभर एकसाथ हुने निर्वाचनका लागि आयोगले अर्थमन्त्रालयसँग सो रकम माग गरेको हो । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका ५० अर्ब बराबरको माग आएको अर्थमन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका लागि मन्त्रालयले रु १० अर्ब बराबरको व्यवस्था गरेको जानकारी दिए । तर, आयोगले निर्वाचनको व्यवस्थापनका लागि कुल रु. ५० अर्ब बराबरको बजेट माग गरेको जानकारी दिएका हुन् । आर्थिक वर्ष ०७८/७९को बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले आयोगको मागअनुसारको अपुग रकम व्यवस्थापनका लागि स्रोतको खोजी भइरहेको बताएका छन् । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौँ,’ उनले भने, ‘स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी ३० बैशाखका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ । निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरू चापमा रहेको उनले बताएका छन् । कानुनी एवं संरचनागत समस्याका कारण बजेटमा व्यवस्था भए बमोजिमको विकास बजेट खर्च हुन नसकेको भन्दै जग्गा प्राप्ति तथा स्रोत नै उपलब्ध नभएको आयोजना राख्ने प्रवृत्ति पनि उत्तिकै जिम्मेवार रहेको उनले उल्लेख गरेका छन् । प्रक्रियागत झन्झट तथा फाइल घुमिरहने प्रवृत्तिको सुधारका लागि अनलाइन प्रणाली सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आउने क्रममा रहेको बताए । बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले पूर्णरूपमा बजेट खर्च नहुने उल्लेख जनाएका छन् । कूल विनियोजित बजेटमध्ये रु १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले लगाएका छन् । जुन विनियोजित बजेटको ९४.७ प्रतिशत मात्रै हो । गत असोजमा प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले बजेटको आकार रु. १६ खर्ब ३२ अर्ब बराबरको तय गरेका थिए । चालु आवमा चालु खर्च रु. १० खर्ब ३५ अर्ब ४६ करोड, पूँजीगत खर्च रु. तीन खर्ब ४० अर्ब ३२ करोड ९० र वित्तीय व्यवस्थापनमा रु. एक खर्ब ७० अर्ब ४९ करोड अर्थात् विनियोजित बजेटको ९० प्रतिशत खर्च हुने अनुमान उनले सुनाए । पूर्णरूपमा तयारी नगरी बजेट ल्याउँदा पूँजीगत खर्च हुन नसकेको अर्थमन्त्रीको भनाइ छ । बजेट निर्माणको तरिका नै बदल्नुपर्ने पक्षमा रहेको उनले बताए । उनले भने, ‘कस्तो आयोजना प्रदेशले बनाउने हो र कस्ता संघ र स्थानीय तहले बनाउने हो त्यसमा स्पष्ट मापदण्ड आवश्यक छ ।’
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०४:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP