
काठमाडौं -आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९३ हजार ९ सय रुपैँया पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा स्थिर रही प्रतितोला एक हजार २ सय ८० रुपैँयामा कायम रहेको महासङ्घले जनाएको छ ।