

काठमाडौं – राजधानी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाले चैतभित्रै पानी ल्याउने भएको छ । १ असार ०७८ मा गएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मुहान तथा संरचना पुनर्निर्माण गरी आगामी चैतभित्रैमा काठमाडौंमा पानी उपलब्ध गराउने तयारी गरिएको हो ।
हाल मुहान क्षेत्रका संरचनाको पुनर्निर्माणको तीव्र रूपमा भइरहेको छ । खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनाले आगामी चैतसम्ममा काठमाडौंमा पानी आपूर्ति गर्ने गरी काम गरिरहेको जनाएको छ । खानेपानी उमाकान्त चौधरीले निर्धारित समयभित्रै पानी ल्याउन सकिने गरी काम गर्न पटकपटक आयोजनालाई निर्देशन दिइसकेका छन् ।
बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो । चिनिया“ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले १३ माघदेखि काम गरिरहेको आयोजनाले बताएको छ । बाढीले आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । चनौटेसम्मका सडक आंशिक क्षति गरेको थियो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको मुहानस्थल अम्बाथान मुख्य बा“धस्थलको लेदो सफा गर्ने, अस्थायी बा“ध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् । चनौटेबाट अम्बाथान पुग्ने आठ किमि सडक र पक्की पुल बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको थियो ।
हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिपर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुंगा हटाउने काम भइरहेको छ ।
आयोजनास्थलमाथि भे्रमाथाङलगायतका क्षेत्रमा अहिले एडीबी र नेपाल सरकारको संयुक्त टोलीले भू–संरचना र जोखिम मूल्यांकनको काम गरिरहेको छ । उक्त टोलीको प्रतिवेदन प्राप्त हुनासाथ स्थायी संरचना निर्माणबारे टुंगो लाग्ने र अहिले अस्थायी रूपमा उपत्यकामा पानी लैजान काम भइरहेको पन्तले बताएका छन् ।