Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन कार्यतालिका बनाइँदै
निर्वाचन कार्यतालिका बनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
Hardik health
काठमाडौं – निर्वाचन आयोगले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारिरहेको छ । बैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका तयार भइरहेको आयोग स्रोतले जानकारी दिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन कार्यतालिका औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । हाल प्रारम्भिक रूपमा निर्वाचन कार्यतालिका तयार पारिएको र त्यसलाई अन्तिम रूप दिएर चाडै सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । आयोगले तयार पारेको प्रारम्भिक कार्यतालिकाअनुसार आगामी ६ चैतदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलाइने छ । दल दर्ता सकिएपछि निर्वाचन आचारसंहिता लागू हुने र सम्भावित खाका फेरबदल हुन सक्ने स्रोतले बताएको छ । आयोगको प्रारम्भिक खाकाअनुसार १४ बैशाखमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनको पहिलो प्रक्रियाका रूपमा मतदाता नामावली सार्वजनिक गर्नुपर्छ, तर आयोगले मतदाताको विवरण तयार गरिसकेको छैन । ५ पुस ०७७ सम्ममा देशभर १८ वर्ष पूरा भएका १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता थिए । यसमा महिलाको संख्या ८० लाख ३० हजार ९८४ र पुरुषको संख्या ८२ लाख ११ हजार ९५४ तथा तेस्रोलिंगीहरूको संख्या १७२ जना थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि कम्तिमा ३५ दिन लाग्ने बताएका छन् । यसबीचमा आयोगले अभियानकै रूपमा मतदाता नामावली संकलन कार्यलाई अघि बढाएको थियो । करिब एक वर्षसम्म संकलन गरिएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने काममा केही समय लाग्ने आयोगले जनाएको छ । सबै विवरण अद्यावधिक भइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने छ । ‘अन्तिम मतदाता नामावली सार्वजनिक हुन कम्तीमा ३५ दिन लाग्न सक्छ । आयोगले तयार गरेको नामावली वडा तहसम्मबाट रुजु भएपछि मात्रै सार्वजनिक गरिन्छ’ प्रमुख आयुक्त थपलियाले भने । यसपटकको स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने आयोगले अनुमान गरेको छ । ०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४२४ जना मतदाता थिए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले स्थानीय निर्वाचनसम्बन्धी नियमावली, निर्देशिका, कार्यविधिमा संशोधन गर्नुपर्ने प्रावधान पहिचान गर्न, कर्मचारी व्यवस्थापन गर्न, बजेट तर्जुमालगायतको काम गर्न छुट्टाछुट्टै कार्यदल बनेको जानकारी दिए । ‘आन्तरिक कार्यतालिका बनाइरहेका छौँ । मतदाता नामावली संकलन स्थगन ग¥यौँ । अहिले प्रशोधनमा लागेका छौँ’ उनले भने । स्थानीय तहको निर्वाचन हुन अब ९३ दिन मात्रै बाँकी छ । आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारेको छ । सामान्यतया आयोगले निर्वाचनको तयारीका लागि १२० दिन आवश्यक पर्ने बताउँदै आएको छ । तर, यसपटक आयोगले तयारीका लागि त्यति समय पाएको छैन । सरकारले गएको सोमबार मात्र निर्वाचन मिति घोषणा गरेपछि आयोगलाई तयारीमा दबाब थपिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP