Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन कार्यतालिका बनाइँदै
निर्वाचन कार्यतालिका बनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
Hardik health
काठमाडौं – निर्वाचन आयोगले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारिरहेको छ । बैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका तयार भइरहेको आयोग स्रोतले जानकारी दिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन कार्यतालिका औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । हाल प्रारम्भिक रूपमा निर्वाचन कार्यतालिका तयार पारिएको र त्यसलाई अन्तिम रूप दिएर चाडै सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । आयोगले तयार पारेको प्रारम्भिक कार्यतालिकाअनुसार आगामी ६ चैतदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलाइने छ । दल दर्ता सकिएपछि निर्वाचन आचारसंहिता लागू हुने र सम्भावित खाका फेरबदल हुन सक्ने स्रोतले बताएको छ । आयोगको प्रारम्भिक खाकाअनुसार १४ बैशाखमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनको पहिलो प्रक्रियाका रूपमा मतदाता नामावली सार्वजनिक गर्नुपर्छ, तर आयोगले मतदाताको विवरण तयार गरिसकेको छैन । ५ पुस ०७७ सम्ममा देशभर १८ वर्ष पूरा भएका १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता थिए । यसमा महिलाको संख्या ८० लाख ३० हजार ९८४ र पुरुषको संख्या ८२ लाख ११ हजार ९५४ तथा तेस्रोलिंगीहरूको संख्या १७२ जना थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि कम्तिमा ३५ दिन लाग्ने बताएका छन् । यसबीचमा आयोगले अभियानकै रूपमा मतदाता नामावली संकलन कार्यलाई अघि बढाएको थियो । करिब एक वर्षसम्म संकलन गरिएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने काममा केही समय लाग्ने आयोगले जनाएको छ । सबै विवरण अद्यावधिक भइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने छ । ‘अन्तिम मतदाता नामावली सार्वजनिक हुन कम्तीमा ३५ दिन लाग्न सक्छ । आयोगले तयार गरेको नामावली वडा तहसम्मबाट रुजु भएपछि मात्रै सार्वजनिक गरिन्छ’ प्रमुख आयुक्त थपलियाले भने । यसपटकको स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने आयोगले अनुमान गरेको छ । ०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४२४ जना मतदाता थिए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले स्थानीय निर्वाचनसम्बन्धी नियमावली, निर्देशिका, कार्यविधिमा संशोधन गर्नुपर्ने प्रावधान पहिचान गर्न, कर्मचारी व्यवस्थापन गर्न, बजेट तर्जुमालगायतको काम गर्न छुट्टाछुट्टै कार्यदल बनेको जानकारी दिए । ‘आन्तरिक कार्यतालिका बनाइरहेका छौँ । मतदाता नामावली संकलन स्थगन ग¥यौँ । अहिले प्रशोधनमा लागेका छौँ’ उनले भने । स्थानीय तहको निर्वाचन हुन अब ९३ दिन मात्रै बाँकी छ । आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारेको छ । सामान्यतया आयोगले निर्वाचनको तयारीका लागि १२० दिन आवश्यक पर्ने बताउँदै आएको छ । तर, यसपटक आयोगले तयारीका लागि त्यति समय पाएको छैन । सरकारले गएको सोमबार मात्र निर्वाचन मिति घोषणा गरेपछि आयोगलाई तयारीमा दबाब थपिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP