Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संघले सबै तहमा चुनाव केन्द्रित कार्यक्रम गर्ने
संघले सबै तहमा चुनाव केन्द्रित कार्यक्रम गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी ३० बैशाखमा हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरूलाई सक्रिय बनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो । संघले चैत मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरूद्वारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरूमा सहभागिता जनाउने संकल्प र निर्णय पनि गरेको छ । कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुत पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताए । कांग्रेसबिना यो मुलुकको समृद्धि र पूर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गरे । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उनको दाबी छ । उनले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गरे । उनले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए । सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकताबारे जनतासमक्ष पु¥याउने पनि जनाए । सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकाहरूलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको पनि उनले सुनाए । सांस्कृतिक संघले कांगे्रसलाई आगामी निर्वाचनमा मजबुत बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन/संरचना विस्तार गर्न लागिएको उनको भनाइ थियो । सातै प्रदेशका सबै जिल्लाहरूको पालिकाहरूमा चैत मसान्तसम्म संगठन विस्तार गरेर तीनै तहको निर्वाचन केन्द्रित कांग्रेसको प्रचारप्रसारको जिम्मेवारी लिने पनि बताए । उनले भने, ‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हौँ ।’ सबै विधाका कलाकारहरूलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए । आफूहरूले कांग्रेसलाई सशक्त र मजबुत बनाउन चाहेको पनि उनले स्पष्ट पारे । सबैभन्दा ठूलो कुरा लोकतन्त्र हो भन्दै उनले लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । उनले भने, ‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ, तर आफूले गरेको काम बाहिर देखाउँदैन ।’ लोकतन्त्र र कांग्रेसको बारेमा गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकताबारे सूचित गराउने पनि उनले बताए । ७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए । संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए ।  
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP