Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘सभामुखलाई महाभियोग ल्याउनसक्ने परिस्थिति बन्नसक्छ’
‘सभामुखलाई महाभियोग ल्याउनसक्ने परिस्थिति बन्नसक्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २६, २०७८
mahesh basnet
Hardik health
काठमाडौं– नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् । मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने, ‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजिवीहरूको सुझाव पनि छ ।’ उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरू सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचन ३० बैशाखमा हुने जुन घोषणा भएकोमा स्वागत गर्दै सरकारलाई धन्यवाद भनेका छन् । स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँग पनि गठबन्धन नगर्ने बस्नेतको दाबी छ । उनले भने, ‘कुनै पनि खेलको मैदान होस् या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ । एमालेमात्रै विश्वस्तका साथ निर्वाचनमा जान चाहन्छ । कांग्रेसमा पनि विश्वास र कन्फिडेन्स त छ । तर, कांग्रेसका केही नेताहरूमा निर्वाचनको भय देखिन्छ । रामचन्द्र पौडेलमा पनि त्यो भय देखियो । कांग्रेसले त्यो पाटोमा ध्यान दिओसर । हुन त शान्त कूटनीतिमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा बलियो हुनुहुन्छ ।’ आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको पनि उनले आरोप लगाए । संसद्मा आफूहरूको भूमिकाभन्दा पनि सभामुखले अभिभावकको भूमिका खेल्नुपर्नेमा नेता बस्नेतले जोड दिए । उनले सभामुखसामू तीन विकल्प रहेको सुनाए । यद्यपि उनले सरकारले अध्यादेश र विद्येयक ल्याउने प्रक्रिया गरिरहेको पनि स्मरण गराए । बस्नेतले एमसिसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको पत्रको विषयमा पनि उनले प्रश्न उठाए । उनले भने, ‘एमसिसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले जुन पत्र लेख्नुभयो । प्रधानमन्त्रीको हैसियतले लेखेको पत्र, प्रधानमन्त्री भनेको पावर अफ द स्टेट भनिन्छ । यो विषय स्वभाविक पनि होला । प्रचण्डले हस्ताक्षर गरेको कुरा पावर अफ स्टेटको दुरूपयोग हो । यो राज्यको शक्तिको दुरूपयोग हो ।’ उनले प्रचण्डले आफूलाई दुई जिब्रो भएको प्रचण्ड र दुई मुख भएको माओवादी केन्द्र बनाउँदै गएको टिप्पणी गरे । एमसिसीबारे एमालेले पर्याप्त अध्ययन गरेको पनि उनको दाबी छ । तर, सत्तापक्षले आफ्नो धारणा अघि सार्नेबित्तिकै एमालेले आफ्नो धारणा राख्ने उनले स्पष्ट पारे । उनले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको उदाहरण पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्नुलाई चित्रण गरे । उनले एमालेमाथि धेरै अनैतिक काम भएको स्मरण गराए । उनले नेकपा हुँदा आफूहरू एमसिसी पारित गराउन लचकताकासाथ प्रस्तुत भएको पनि स्मरण गराए ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP