
काठमाडौं – सुनचाँदी बजारमा सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । छापावाल सुनको प्रतितोला ५ सय रुपैँयाले बढेर ९३ हजार एक सय रुपैँया पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैँया छ ।अघिल्लो दिन ९२ हजार एक सय रुपैँया रहेको थियो ।
यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैँयाले बढेर एक हजार २ सय ६० कायम रहेको महासंघले जनाएको छ ।