

काठमाडौं – पश्चिमी वायुको कारणले नेपालमा पानी पार्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको कारणले नेपालमा पानी पार्ने सम्भावना रहेको हो ।
सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा बुधबारदेखि पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ । आज पनि केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यस वर्षको हिउँदमा शतप्रतिशत वर्षा भएको विभागले बताएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर यस वर्षको हिउँदको अन्ततिर ५७.७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।
विभागको जलवायु शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो सरदर वर्षा ९६०.९ मिलिमिटरको करिब एक चौथाइ मात्र हो । जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेबुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ । मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए ।