Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारद्वारा निर्वाचनको मिति घोषणा ,स्थानीय निर्वाचन ३० बैशाखमा 
सरकारद्वारा निर्वाचनको मिति घोषणा ,स्थानीय निर्वाचन ३० बैशाखमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २५, २०७८
Hardik health
काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३० बैशाखमा मुलुकभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तय गरेको हो । निर्वाचन आयोगको परामर्शमा सरकारले निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३० बैशाखमा सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले उक्त मितिमा निर्वाचन सम्पन्न गर्दा निर्वाचनसम्बन्धी कानुनहरूको संशोधन गर्नुपर्ने अवस्था नहुने जानकारी दिए । हाल विद्यमान कानुनहरूकै आधारमा स्थानीय तहको निर्वाचन गर्न सकिने आयोगले पनि स्पष्ट पारेको उनले जानकारी दिए । उनले भने, ‘३० बैशाखमा स्थानीय तहको निर्वँचन गर्नका लागि निर्वाचन सम्बन्धी कानुनहरूको संशोधनको आवश्यक्ता पर्दैन ।’ यसअघि निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्नका लागि मिति प्रस्ताव गरेको थियो । ५ जेठमा हालका जनप्रतिनिधिहरूको कार्यकाल सकिने आयोगले बताउँदै आएको छ । नेपालको संविधान ०७२ ले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने परिकल्पना नगरेको भन्दै पदावधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने कुरामा जोड दिँदै आएको थियो । तर, सोमबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोनमा भएको वार्तामा प्रमुख आयुक्तले बैशाखभित्रैमा निर्वाचन सम्पन्न गर्ने हो भने कुनै पनि निर्वाचन सम्बन्धी कानुनहरू संशोधन गर्न नपर्ने सुझाव दिएका थिए । सोही आधारमा निर्वाचनको मिति तोकिएको एकमन्त्रीले बताएका छन् । सरकारले ३० बैशाखमा निर्वाचन सम्पन्न भएमा बढीमा तीन दिनभित्रमा निर्वाचन परिणाम आइसक्ने र २ दिनभित्रमा सपथ ग्रहण सम्पन्न गरेर ५ जेठमा पुराना जनप्रतिनिधिको बिदाई र नयाँको स्वागत कार्यक्रम एकसाथ गर्न सकिने गरी मिति तय गरेको बताइएको छ । सोही तालिकाअनुसार निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरू निर्वाचित भएको अवस्थामा स्थानीय तह जनप्रतिनिधिविहीन हुने छैन । नेपालको संविधान र निर्वाचन सम्बन्धी ऐन ०७३ मा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरिएको छ । सोहीअनुसार आयोगले सुरुमा आगामी चैतमा निर्वाचन गर्नका लागि मिति सिफारिस गरेको थियो । त्यस्तै, दोस्रोपटक आयोगले एकै चरणमा भए १४ बैशाखमा र दुई चरणमा गर्ने भएको १४ र २२ बैशाखमा गर्न सकिने भन्दै सरकारलाई मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ दलहरूबीचमा निर्वाचनका सन्दर्भमा एकमत नहुँदा मिति घोषणामा ढिलाइ भएका कारण मिति सर्दै आएको थियो । बल्ल सत्तारुढ दलहरू आगामी जेठभित्रमा निर्वाचन सम्पन्न गर्ने निर्णयमा सहमत भएपछि आयोगले ४ जेठमा निर्वाचन गर्न मिति सिफारिस गरेको थियो । तर, गठबन्धन दलहरूबीचमा एकमत नहुँदा मिति घोषणामा भने ढिलाइ भइरहेको थियो । पछिल्लोपटक अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई लिएर गठबन्धनमा असमझदारी उत्पन्न भएपछि प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले ‘पेलेरै’ निर्वाचनको मिति घोषणा गरेको बताइएको छ । निर्वाचनको मिति घोषणाका विषयलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट रहेको बताइएको छ । यद्यपि उक्त पार्टीहरूले मिति घोषणाका सन्दर्भमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । उनीहरू सकेसम्म निर्वाचनलाई पर लैजान चाहान्थे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैतमा गर्न सकिने धारणा व्यक्त गर्दै आएका थिए । चौतर्फी दबाबपछि उनीहरू आगामी जेठभरिमा निर्वाचन गर्न सहमत देखिएका थिए । तर, सोमबार देउवाले उनीहरूको असहमतिको बाबजुद पनि मन्त्रिपरिषदबाट निर्वाचनको मिति तय गरेको बताइएको छ ।

एमालेको स्वागत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले गरेको स्थानीय तहको निर्वाचनको मिति घोषणालाई स्वागत गरेको छ । एमालेले स्थानीय तहको निर्वाचन ५ जेठ अगावै हुनुपर्नेमा जोड दिँदै आएको थियो । सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेपछि एमालेका भ्रातृ संगठनहरू सडक आन्दोलनमै उत्रिसकेका थिए । एमालेले पनि बिहीबारसम्म निर्वाचनको मिति घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको थियो । सोमबार सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन हुने परिस्थिति बनेको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिक्रिया दिएका छन् । उनले अब सरकारले भयरहित वातावरणमा मतदान सम्पन्न गराउनु पर्ने धारणा व्यक्त गरेका छन् । आयोगले थाल्यो तीव्र तयारी निर्वाचन आयोगले सामान्यतया निर्वाचनको तयारीका लागि १२० दिन आवश्यक पर्ने बताउँदै आएको छ । तर, निर्वाचनको तयारी भइरहेको भन्दै आयोगले सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गराउन सकिने बताइसकेको छ । आयोगले निर्वाचनको मिति घोषणा भएसँगै मंगलबारदेखि देशभर भइरहेको मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । त्यस्तै, आयोगले निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको छ । नेपालको संविधानको धारा २४७ मा ‘निर्वाचन आयोगलाई आङ्खनो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने छ’ भन्ने व्यवस्थाअनुसार आयोगले मन्त्रालयमार्फत पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । मन्त्रालयमार्फत गरेको पत्राचारमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी यही माघ मसान्तभित्र अनिवार्य रूपमा उपलब्ध गराउन आयोगले भनेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०५:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP