Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीले गिँजोल्यो राजनीति, दाहालको ‘डबल स्ट्याण्ड’
एमसिसीले गिँजोल्यो राजनीति, दाहालको ‘डबल स्ट्याण्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २४, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गर्न नहुने अडान राख्दै आएका छन् । उनकै कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटाले अघिल्लो केपी ओली सरकारले टेबुल गरेको सम्झौता संसदमा प्रस्तुत नगरेको चर्चा चल्ने गरेको छ । उनले एमसिसी सम्झौता राष्ट्रहितमा नभएको भन्दै आफ्नै कारणले रोकिएको समेत बताउने गरेका छन् । तर, आइतबार उनीसहित कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा हस्ताक्षर गरी एमसिसी बोर्डलाई पठाएको एमसिसी पारित गर्ने आशयको पत्र सार्वजनिक भएको उनको ‘डबल स्ट्याण्ड’ सार्वजनिक भएको छ । यसअघि पनि प्रधानमन्त्री देउवाले आफू र दाहालले एमसिसी बोर्डलाई सम्झौता पारित गर्छौँ भनेर पत्राचार गरेको बताएका थिए । तर, दाहालले त्यसलाई स्वीकार मात्र गरेनन्, उल्टै उनले देउवाको भनाइको खण्डन गर्दै कार्यकर्ता र एमसिसी विरोधी जनताको ‘सेन्टिमेन्ट’लाई क्यास गर्ने प्रयत्न गरेका थिए । आफ्ना दलका अधिकांश नेता तथा कार्यकर्ताहरू एमसिसीको विरोधमा रहेपछि दाहाल चेपुवामा परेका छन् । एकातिर कांग्रेस सभापति देउवाले एमसिसी सम्झौता पारित गर्न दबाब दिने अर्कोतर्फ कार्यकर्ताहरूले पारित नगर्न खबरदारी गर्ने गरेकाले उनी दोहोरो भूमिका देखिएको आँकलन गरिएको छ । यद्यपि, एमसिसीका सन्दर्भमा उनले दोहोरो भूमिका खेलेको भन्दै आइतबारको पत्र सार्वजनिक भएपछि उनको आलोचना गर्नेहरूको संख्या अझैं बढेको छ । ७ असोज ०७७ मा देउवा र दाहालले लेखेको पत्रमा नेपालको संसदबाट एमसिसी सम्झौता पारित गर्ने प्रतिवद्धतामात्र जनाइएको छैन, त्यसका लागि चार महिनाको समय पनि माग गरिएको छ । पार्टीभित्र र जनतामा पनि एमसिसीका सन्दर्भमा रहेको नकारात्मक छाप हटाउनका लागि उक्त समय माग गरिएको पत्रमा उल्लेख छ । एमसिसीले २८ फेब्रुअरीसम्ममा सम्झौता संसदबाट पास गर्न प्रतिबद्धता स्मरण गराउँदै देउवा र दाहाललाई पत्र समेत लेखिसकेको छ । एमसिसी उपाध्यक्ष फतिमा सुमारले एक अन्तर्वार्तामा प्रतिवद्धताअनुसार एमसिसी पास नभएमा थप निर्णय गरिने प्रष्ट पारेकी छन् । एमसिसीले गिँजोलियो राजनीति देउवा र दाहालले एमसिसीलाई लेखेको पत्र देउवाको सचिवालयले नै सार्वजनिक गरेको हो । यसअघि दाहालले देउवाको भनाइको खण्डन गर्दा चुप लागेका देउवाले आइतबार पत्र सार्वजनिक गरेर दाहाललाई थप दबाबमा पारेका छन् । दाहालले भने उक्त पत्र सार्वजनिक भएपछि देउवासँग असन्तुष्टि पोखेका छन् । उनले असान्दर्भिक र गलत समयमा पत्र सार्वजनिक गरिएको मात्र बताएनन्, ‘अहिले नै यो पत्र सार्वजनिक गरेर कांग्रेसले के गर्न खोजेको’ भन्दै आक्रोश पनि पोखेका छन् । पछिल्लो पत्र प्रकरणले नेपालको राजनीति झन् गिँजोलिएको छ । एमसिसीकै कारण सत्ता गठबन्धनभित्र अविश्वासको वातावरण पैदा भएको देखिएको छ । कांग्रेस एमसिसी पारित गर्नुपर्ने पक्षमा उभिँदा माओवादी केन्द्र र अर्काे दल नेकपा एकीकृत समाजवादी भने विपक्षीमा उभिएको छ । एमसिसीका सन्दर्भमा दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको भूमिकाले अन्योलको स्थिति सिर्जना भएको कांग्रेसको बुझाइ छ । सोही कारण एमसिसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेका छन् । एमालेले भने एमसिसीका सन्दर्भमा कुनै ठोस निर्णय गरेको छैन । एमालेले एमसिसीका सन्दर्भमा ठोस धारणा बनाउन सरकारलाई चुनौती दिइरहेको छ । सोही आधारमा आफूहरूको धारणा बनाउने एमालेको अडान छ । आइतबार एमसिसी सम्झौता र स्थानीय तहको निर्वाचनलगायतका विषयमा देउवा, दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा ओलीले एमसिसीका सन्दर्भमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । जवाफमा देउवाले तत्कालै एमसिसी पारित गर्नुपर्ने धारणा राखेका थिए भने दाहालले एमसिसीलाई स्थानीय तहको निर्वाचनपछि मात्र संसदमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए । एमसिसीका कारण नेपालको राजनीति थप अन्योलता तिर धकेलिएको छ । निर्वाचनको मिति घोषणामा समेत एमसिसीकै कारण ढिलाइ भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०५:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP