Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीले गिँजोल्यो राजनीति, दाहालको ‘डबल स्ट्याण्ड’
एमसिसीले गिँजोल्यो राजनीति, दाहालको ‘डबल स्ट्याण्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २४, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गर्न नहुने अडान राख्दै आएका छन् । उनकै कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटाले अघिल्लो केपी ओली सरकारले टेबुल गरेको सम्झौता संसदमा प्रस्तुत नगरेको चर्चा चल्ने गरेको छ । उनले एमसिसी सम्झौता राष्ट्रहितमा नभएको भन्दै आफ्नै कारणले रोकिएको समेत बताउने गरेका छन् । तर, आइतबार उनीसहित कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा हस्ताक्षर गरी एमसिसी बोर्डलाई पठाएको एमसिसी पारित गर्ने आशयको पत्र सार्वजनिक भएको उनको ‘डबल स्ट्याण्ड’ सार्वजनिक भएको छ । यसअघि पनि प्रधानमन्त्री देउवाले आफू र दाहालले एमसिसी बोर्डलाई सम्झौता पारित गर्छौँ भनेर पत्राचार गरेको बताएका थिए । तर, दाहालले त्यसलाई स्वीकार मात्र गरेनन्, उल्टै उनले देउवाको भनाइको खण्डन गर्दै कार्यकर्ता र एमसिसी विरोधी जनताको ‘सेन्टिमेन्ट’लाई क्यास गर्ने प्रयत्न गरेका थिए । आफ्ना दलका अधिकांश नेता तथा कार्यकर्ताहरू एमसिसीको विरोधमा रहेपछि दाहाल चेपुवामा परेका छन् । एकातिर कांग्रेस सभापति देउवाले एमसिसी सम्झौता पारित गर्न दबाब दिने अर्कोतर्फ कार्यकर्ताहरूले पारित नगर्न खबरदारी गर्ने गरेकाले उनी दोहोरो भूमिका देखिएको आँकलन गरिएको छ । यद्यपि, एमसिसीका सन्दर्भमा उनले दोहोरो भूमिका खेलेको भन्दै आइतबारको पत्र सार्वजनिक भएपछि उनको आलोचना गर्नेहरूको संख्या अझैं बढेको छ । ७ असोज ०७७ मा देउवा र दाहालले लेखेको पत्रमा नेपालको संसदबाट एमसिसी सम्झौता पारित गर्ने प्रतिवद्धतामात्र जनाइएको छैन, त्यसका लागि चार महिनाको समय पनि माग गरिएको छ । पार्टीभित्र र जनतामा पनि एमसिसीका सन्दर्भमा रहेको नकारात्मक छाप हटाउनका लागि उक्त समय माग गरिएको पत्रमा उल्लेख छ । एमसिसीले २८ फेब्रुअरीसम्ममा सम्झौता संसदबाट पास गर्न प्रतिबद्धता स्मरण गराउँदै देउवा र दाहाललाई पत्र समेत लेखिसकेको छ । एमसिसी उपाध्यक्ष फतिमा सुमारले एक अन्तर्वार्तामा प्रतिवद्धताअनुसार एमसिसी पास नभएमा थप निर्णय गरिने प्रष्ट पारेकी छन् । एमसिसीले गिँजोलियो राजनीति देउवा र दाहालले एमसिसीलाई लेखेको पत्र देउवाको सचिवालयले नै सार्वजनिक गरेको हो । यसअघि दाहालले देउवाको भनाइको खण्डन गर्दा चुप लागेका देउवाले आइतबार पत्र सार्वजनिक गरेर दाहाललाई थप दबाबमा पारेका छन् । दाहालले भने उक्त पत्र सार्वजनिक भएपछि देउवासँग असन्तुष्टि पोखेका छन् । उनले असान्दर्भिक र गलत समयमा पत्र सार्वजनिक गरिएको मात्र बताएनन्, ‘अहिले नै यो पत्र सार्वजनिक गरेर कांग्रेसले के गर्न खोजेको’ भन्दै आक्रोश पनि पोखेका छन् । पछिल्लो पत्र प्रकरणले नेपालको राजनीति झन् गिँजोलिएको छ । एमसिसीकै कारण सत्ता गठबन्धनभित्र अविश्वासको वातावरण पैदा भएको देखिएको छ । कांग्रेस एमसिसी पारित गर्नुपर्ने पक्षमा उभिँदा माओवादी केन्द्र र अर्काे दल नेकपा एकीकृत समाजवादी भने विपक्षीमा उभिएको छ । एमसिसीका सन्दर्भमा दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको भूमिकाले अन्योलको स्थिति सिर्जना भएको कांग्रेसको बुझाइ छ । सोही कारण एमसिसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजिरहेका छन् । एमालेले भने एमसिसीका सन्दर्भमा कुनै ठोस निर्णय गरेको छैन । एमालेले एमसिसीका सन्दर्भमा ठोस धारणा बनाउन सरकारलाई चुनौती दिइरहेको छ । सोही आधारमा आफूहरूको धारणा बनाउने एमालेको अडान छ । आइतबार एमसिसी सम्झौता र स्थानीय तहको निर्वाचनलगायतका विषयमा देउवा, दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा ओलीले एमसिसीका सन्दर्भमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । जवाफमा देउवाले तत्कालै एमसिसी पारित गर्नुपर्ने धारणा राखेका थिए भने दाहालले एमसिसीलाई स्थानीय तहको निर्वाचनपछि मात्र संसदमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए । एमसिसीका कारण नेपालको राजनीति थप अन्योलता तिर धकेलिएको छ । निर्वाचनको मिति घोषणामा समेत एमसिसीकै कारण ढिलाइ भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०५:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP