Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतपत्र डिजाइनःआयोगद्वारा दरखास्त आह्वान
मतपत्र डिजाइनःआयोगद्वारा दरखास्त आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
Hardik health
काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका मिति घोषणा नगरे पनि निर्वाचन आयोगले भने आङ्खनो तर्फबाट आवश्यक तयारी थालेको छ । आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेर तयारी अगाडि बढाएको हो । आयोगले सार्वजनिक सूचनामार्फत मतपत्रको डिजाइन गर्न आवश्यक योग्यता पुगेको व्यक्ति तथा संस्थालाई दरखास्त हाल्न सूचित गरेको छ । आयोगले मत पत्र डिजाइनको काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि पाँच दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ । दरखास्त दिन चाहने इलुस्ट्रेसनको ट्याबलेट पेन र सम्बद्ध सङ्खटवेयरमा पनि दक्ष हुनु पर्नेछ । नेपाली टाइप र मुद्रण प्रणालीबारे पनि जानकार हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले सरकारलाई ५ जेठमा हालका जनप्रतिनिधिहरूको कार्यावधि सकिनु अगावै निर्वाचन गर्न पटक–पटक ध्यानाकर्षण गराइसकेको छ । नेपालको संविधान र निर्वाचन ऐनमा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनु दुई महिना अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार ५ जेठमा हालका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले त्यसअगावै निर्वाचन हुनुपर्ने आयोगको अडान छ । आयोगले सोहीअनुसार यसअघि आगामी चैतमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । त्यसपछि आगामी वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको आयोगले पछिल्लोपटक ४ जेठमा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको आयोगका पदाधिकारीले १८ माघमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री देउवाले सरकारले तत्कालै निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०५:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP