Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले आन्दोलन गर्ने
एमालेले आन्दोलन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
uml_1615514462
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे अँन्दोलन गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे पनि सरकारले हालसम्म निर्वाचनको मिति घोषणा नगरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नियतमाथि प्रश्न गर्दै आन्दोलनको चेतावनी दिएको हो । बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारले बिहीबारसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरे आन्दोलन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । मंगलबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न आग्रह गरेको थियो । एक÷दुई दिनभित्रै मिति घोषणा गरिए तयारी गर्न सकिने भन्दै आयोगले सरकारलाई मिति घोषणा गर्न सिफारिस गरेको हो । निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले घोषणा गर्ने प्रावधान छ । एमालेले संविधान र कानुनअनुसारको मितिभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन हुनुपर्ने जिकिर गर्दै एमालेले आगामी चैतमै निर्वाचन हुनुपर्ने धारणा राखेको थियो । आयोगले पनि पहिलोपटक चैतमा निर्वाचन गर्न सरकारलाई मितिसमेत प्रस्ताव गरेको थियो । तर, सरकारले निर्वाचनको मिति घोषणा नगर्दा आयोगले दोस्रोपटक आगामी १४ र २२ बैशाखमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । उक्त मितिमा निर्वाचन गर्नका लागि पनि मिति घोषणा गर्न ढिलाइ भएको छ । त्यसपछि आयोगले पछिल्लोपटक ४ जेठमा निर्वाचन गर्ने मिति सरकारलाई सिफारिस गरेको हो । आयोगले १२० दिन अगावै निर्वाचन घोषणा हुनुपर्ने बताउँदै आएको छ । एमालेले निरन्तर निर्वाचन हुनुपर्ने बताइरहँदा सत्ता गठबन्धनमा सहभागी दलका नेताहरूले भने संविधानमा जनप्रतिनिधिको पदावधि सकिएको ६ महिनाभित्रमा निर्वाचन गर्न सकिने व्यवस्था भएको जिकिर गर्दै निर्वाचनसम्बन्धी ऐन संशोधनको गर्नुपर्ने मत पनि राखिरहेका छन् । तर, आयोगले संविधान र ऐनमा निर्वाचनको सन्दर्भमा केही पनि फरक कुरा नरहेको प्रष्ट पार्दै आएको छ । अन्ततः गएको शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्रमा निर्वाचन गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गरेको थियो । तर, सोही बैठकबाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयलाई लिएर गठबन्धनमा खटपट सुरु भएको समाचार सार्वजनिक भइरहेका छन् । एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP