Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले आन्दोलन गर्ने
एमालेले आन्दोलन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
uml_1615514462
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे अँन्दोलन गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे पनि सरकारले हालसम्म निर्वाचनको मिति घोषणा नगरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नियतमाथि प्रश्न गर्दै आन्दोलनको चेतावनी दिएको हो । बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारले बिहीबारसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरे आन्दोलन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । मंगलबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न आग्रह गरेको थियो । एक÷दुई दिनभित्रै मिति घोषणा गरिए तयारी गर्न सकिने भन्दै आयोगले सरकारलाई मिति घोषणा गर्न सिफारिस गरेको हो । निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले घोषणा गर्ने प्रावधान छ । एमालेले संविधान र कानुनअनुसारको मितिभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन हुनुपर्ने जिकिर गर्दै एमालेले आगामी चैतमै निर्वाचन हुनुपर्ने धारणा राखेको थियो । आयोगले पनि पहिलोपटक चैतमा निर्वाचन गर्न सरकारलाई मितिसमेत प्रस्ताव गरेको थियो । तर, सरकारले निर्वाचनको मिति घोषणा नगर्दा आयोगले दोस्रोपटक आगामी १४ र २२ बैशाखमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । उक्त मितिमा निर्वाचन गर्नका लागि पनि मिति घोषणा गर्न ढिलाइ भएको छ । त्यसपछि आयोगले पछिल्लोपटक ४ जेठमा निर्वाचन गर्ने मिति सरकारलाई सिफारिस गरेको हो । आयोगले १२० दिन अगावै निर्वाचन घोषणा हुनुपर्ने बताउँदै आएको छ । एमालेले निरन्तर निर्वाचन हुनुपर्ने बताइरहँदा सत्ता गठबन्धनमा सहभागी दलका नेताहरूले भने संविधानमा जनप्रतिनिधिको पदावधि सकिएको ६ महिनाभित्रमा निर्वाचन गर्न सकिने व्यवस्था भएको जिकिर गर्दै निर्वाचनसम्बन्धी ऐन संशोधनको गर्नुपर्ने मत पनि राखिरहेका छन् । तर, आयोगले संविधान र ऐनमा निर्वाचनको सन्दर्भमा केही पनि फरक कुरा नरहेको प्रष्ट पार्दै आएको छ । अन्ततः गएको शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्रमा निर्वाचन गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गरेको थियो । तर, सोही बैठकबाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयलाई लिएर गठबन्धनमा खटपट सुरु भएको समाचार सार्वजनिक भइरहेका छन् । एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन गर्न कारबाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP