Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी एमालेको अस्त्र
एमसिसी एमालेको अस्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १८, २०७८
uml_1615514462
Hardik health
काठमाडौं– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपाभित्र आन्तरिक विवादको एउटा विषय अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि थियो । तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने दबाब थियो । सोहीअनुसार ओली सरकारले एमसिसी सम्झौता संसदमा टेबुल गरेको थियो । तर, तत्कालीन सभामुख कृष्णबहादुर महराले त्यसलाई संसदमा प्रस्तुत नै गरेनन् । उनीसँगै हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि उक्त सम्झौता संसदमा प्रस्तुत नगरी अलपत्र पारे । ओलीलाई दुवै सभामुखले तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा संसदमा प्रस्तुत नगरेको भन्दै असन्तुष्टि पोखेका थिए । सर्वोच्च अदालतको आदेशबाट नेकपाको एकता प्रक्रियामात्र भंग भएन, एमाले समेत विभाजन भइसकेको छ । एमसिसीको विपक्षीमा रहेको भनिएका अधिकांश नेताहरू एमाले विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । यद्यपि उनीहरूले एमसिसीलाई केपी ओलीलाई घेराबन्दीमा पार्नका लागि प्रयोग गरेको अस्त्रका रूपमा पनि व्याख्या गर्ने गरिएको थियो । सरकारबाट बाहिरिएपछि सरकारको न्यूनतम साझा कार्यक्रमबारे टिप्पणी गर्न संसद बैठकमा बोलेको एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई ‘एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रश्न गरेका थिए । सरकारबाट बाहिरिएको एमालेले एमसिसीका सम्बन्धमा केही पनि औपचारिक प्रतिक्रिया दिन मानिरहेको छैन । बरु एमालेले एमसिसीलाई गठबन्धनविरुद्ध प्रहार गर्ने बलियो अस्त्रका रूपमा उपयोग गर्ने रणनीति तयार गरेको देखिन्छ । हाल सरकारलाई एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने दबाब छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमसिसी पारित गर्नुपर्ने अन्यथा अमेरिकाले फिर्ता लैजाने भन्दै सत्ता गठबन्धनमा सहभागी दलहरूको साथ खोजिरहेका छन् । शनिबार बसेको गठबन्धन दलको बैठकमा उनले अन्य दलका नेताहरूसँग एमसिसी पारित गर्नुपर्ने धारणा राखेका थिए । त्यसपघि सर्वदलीय बैठकमा पनि उनले सबै दलको एमसिसीको सन्दर्भमा धारणा माग गरेका थिए । शनिबारको बैठकमा कडा रूपमा प्रस्तुत भएका देउवाले एमसिसी पारित गर्न नसघाउने हो भने गठबन्धन टुट्ने चेतावनी दिएको समेत बैठकमा सहभागी नेताहरूले बताएका छन् । त्यसलगत्तै देउवासहित, दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसकै नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा एमसिसी पारित गर्ने सहमति भएको दाबी गरिएको थियो । तर, फेरि सोमबार भएको भेटमा दाहाल र नेपालले देउवालाई एमसिसी सम्झौताका बुँदाहरू संशोधन नगरी पारित गर्न सहयोग गर्न नसकिने बताएका छन् । एमसिसीले सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । कांग्रेस सरकारकै पालामा सुरु भएको सम्झौता पारित गर्नुपर्ने देउवाको चाहाना देखिन्छ । तर, दाहाल र नेपाललाई एमसिसी पारित नगर्न पार्टीभित्र चर्को दबाब रहेको छ । पछिल्लो समय सत्ता गठबन्धनभित्र एमसिसीको बारेमा चर्को बहस चलिरहँदा प्रमुख प्रतिपक्षी दल एमाले भने मौनता साँधेर बसेको छ । एमालेका केही नेताहरू व्यक्तिगत रूपमा एमसिसीको पक्ष र विपक्षमा देखिए पनि पार्टीले यस सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरिरहेको छैन । सर्वदलीय बैठकसहित सरकारले आह्वान गरेको हरेक बैठक अस्वीकार गर्दै आएको एमालेले एमसिसीका सम्बन्धमा धारणा माग गर्दा आफू एमसिसी पास र फेल गर्ने भूमिकामा नरहेको भन्दै पहिले सत्ता गठबन्धन दलहरूको धारणा आएपछि मात्र धारणा तय गर्ने बताउँदै आएको छ । प्रमुख सचेतक विशाल भट्टराई, विदेश विभाग प्रमुख डा.राजन भट्टराईलगायतका नेताहरूले एमसिसीको सम्बन्धमा पहिले सत्ता गठबन्धनको आधिकारिक धारणा सार्वजनिक भएपछि मात्र आफूले धारणा तय गर्ने बताएर बललाई सत्ता पक्षकै कोर्टमा फालिरहेका छन् । डा.भट्टराईले भने, ‘हामीले जे धारणा बनाए पनि, हामीले ‘नो’भने पनि, ‘एस’ भने पनि हामी त्यो भूमिकामा छैनौँ । हाम्रा आफ्ना एजेन्डा संसदमा उठाइरहेका छौँ । त्यसको सुनुवाइ भइरहेको छैन ।’ सरकारको नेतृत्व गरिरहेको अवस्थामा अध्यक्ष ओली एमसिसी पारित गर्नुपर्ने पक्षमा रहेको बताइन्थ्यो । तर, सरकारबाट बाहिरिएपछि उनले एमसिसीको पक्ष र विपक्षमा केही धारणा व्यक्त गरेका छैनन् । बरु निरन्तर सरकारलाई एमसिसीका बारेमा प्रश्न सोधेर हैरान बनाइसकेका छन् । यसबीचमा गठबन्धनमा रहेका अन्य दलहरूले सहयोग गर्ने नदेखेपछि प्रधानमन्त्री देउवाले ओलीको साथ खोजेको पनि चर्चा चलेको थियो । तर, अध्यक्ष ओलीले देउवालाई केही पनि नभनेकाले उनको धारणा प्रष्ट भएको छैन । गठबन्धन फुटाउने कारक एमसिसी हुने कुराको अनुमान गर्दै एमालेले एमसिसीलाई सरकारविरुद्ध प्रहार गर्ने एउटा गतिलो अस्त्रका रूपमा उपयोग गर्ने रणनीति लिएको प्रस्ट हुन्छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP