Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी पारित गर्ने सहमति
एमसिसी पारित गर्ने सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १७, २०७८
samantrya_meeting2022-01-18-10-24-49
Hardik health
काठमाडौं– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे सत्ता गठबन्धनमा छलफल थालेका छन् । शनिबार आगामी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारेमा छलफल गर्न बसेको गठबन्धनको बैठकमा उनले एमसिसी पारित गर्न अन्य दललाई दबाब दिएका छन् । गठबन्धनमा सहभागी प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा रहेका बेला देउवाले उक्त विषयामा छलफल गर्नुपर्ने प्रस्ताव गरेपछि पारित गर्ने सहमति जुटेको बताइएको छ । शनिबारको बैठकमा त्यस विषयमा ठोस निस्कर्ष ननिस्केपछि प्रधानमन्त्री देउवाले शनिबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग थप छलफल गरेका हुन् । तीन शीर्ष नेताहरूको छलफलमा उनीहरूबीच एमसिसी पारित गर्ने विषयमा सहमति जुटेको बताइएको छ । प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न सहयोग नगरेमा गठबन्धन कायम राख्न नसक्ने चेतावनी दिएपछि दुई नेताहरू एमसिसी संसदबाट पारित गर्न सहमत भएको स्रोतको दाबी छ । उनीहरूबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको बताइएको छ । यद्यपि, दुई पार्टीले यसअघि संशोधन हुनुपर्ने भनिरहेका बुँदाहरू संशोधन गरिने वा नगरिने बारेमा भने केही बताइएको छैन । ‘एमसिसीमा पोजेटिभ कुरा भएको छ । प्रचण्ड र माधवजीले पार्टीका साथीहरूलाई मनाउनुहुन्छ । एमसिसीमा अब ब्रेक थ्रु हुन्छ’, प्रधानमन्त्री देउवानिकट एक नेताले भने । प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसिसी पारित गराउने विषयमा गठबन्धनमा आवद्ध दलहरूको साथ खोजिरहेका छन् । सो बैठकमा गठबन्धनका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको थियो । गठबन्धनका एक शीर्ष नेताका अनुसार चार नेताबीच एमसिसी पारित गर्ने ‘सैद्धान्तिक सहमति’ बनेको हो । एमसिसी पारित गर्न तयार भए पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले १० दिनजति पर्खिन प्रधानमन्त्री देउवासँग समय मागेका छन् । पार्टीभित्र ‘आन्तरिक सहमति’ जुटाउन भन्दै उनीहरूले समय माग गरेको बताइएको छ । दुई नेताहरूको आग्रहअनुसार आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको स्रोतको दाबी छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकोमा शनिबार साँझ नै सूचना टाँस गरेर २६ माघसम्मका लागि स्थगित गरेका थिए । सत्ता गठबन्धनमा सहभागी दलहरूले एमसिसीबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । एकीकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा नेपाली कांग्रेसका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् । उक्त कार्यदलले हालसम्म प्रतिवेदन बुझाएको छैन । कार्यदलमा सदस्यहरूबीच एकमत नहुँदा प्रतिवेदन तयार पार्न नसकिएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP