Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काठमाडौंदेखि पोखरासम्मका जग्गा कब्जा ,सरकारी जग्गामा व्यक्तिको हालीमुहाली
काठमाडौंदेखि पोखरासम्मका जग्गा कब्जा ,सरकारी जग्गामा व्यक्तिको हालीमुहाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ११, २०७८
Bhumi-Byabastha_sahakari_garib-mantralaya
Hardik health
काठमाडौं– राजधानीलगायत देशभरका शक्ति र सेटिङकै भरमा करोडौँ  मूल्यका सार्वजनिक जग्गा किर्ते गरी माफियाहरूले आफ्नो नाममा बनाई भोगचलन गर्दै आए पनि सरकारले ती जग्गा फिर्ता लिने चासो देखाएको छैन । सरकारले सार्वजनिक जग्गाको खोजी र फिर्ता लिने तयारी गरी विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा दुई वर्षअघि ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी ‘जाचबुझ आयोग’ गठन गरेर कार्य अगाडि बढाएको भए पनि सो आयोगले देशभर अतिक्रमित जग्गाहरूको विवरण सरकारलाई प्रतिवेदन बुझाए पनि कार्यान्वयन भने हुन सकेन ।सो आयोगको प्रतिवेदनअनुसार २० जिल्लामा मात्र ८ हजार १ सय ९२ रोपनी सरकारी, सार्वजनिक र गुठीका जग्गा अतिक्रमित भएको विवरण पेस गरेको थियो । आयोगले अतिक्रमित जग्गा फिर्ता ल्याई अतिक्रमण गर्नेमाथि कारबाही गर्नसमेत सिफारिस गरे पनि सरकारले भने सो कारबाही गर्नेतर्फ कुनै चासो नदिएकाले सरकारी जग्गा कब्जामा लिनका लागि उच्च पदस्थ कर्मचारीकै संलग्नता रहेकोसमेत पुष्टि हुन आएको छ ।काठमाडौैंको बौद्धमा साढे ३ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । साविक बौद्ध गाविसको वडा नं. ३ को कित्ता नम्बर १ मा रहेको १६ रोपनी १५ आना २ पैसा जग्गामध्ये ३ रोपनी ७ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरेको सो आयोगले जनाएको छ । ०६९ सालमा मालपोत कार्यालयले सो जग्गा होमबहादुर थापा र टेकबहादुर थापाको नाममा दर्ता गर्ने निर्णय गरिदिएको भेटिएको छ । नापी कार्यालय चाबहिलको फिल्डबुकमा सो जग्गाको किसानको महलमा ‘बुटेन’ भनी लेखिएको र जग्गाधनी महलमा खाली देखिई कैफियत महलमा सच्याएको र त्यसलाई पनि बदर भएको उल्लेख गरेको छ । जग्गाधनीको महल खाली भएको अवस्थामा व्यक्तिको नाममा दर्ता गर्नु गैरकानुनी भएको आयोगको ठहर रहेको थियो । सो कित्ता नम्बर १ को जग्गा नापीको समयमा ‘बुटेन’ भनी फिल्डबुकमा उल्लेख भएको र जग्गाधनीका महलमा खाली रहेको देखिएको छ । सो जग्गा कित्ता नम्बर ५८, ५९ र ६० मा कित्ताकाट भई कित्ता नम्बर ५८ व्यक्तिको र अन्य कित्ता नम्बरहरू ५९ र ६० का जग्गाहरू सरकारी नै रहेको अवस्थासमेत देखिएकाले नक्सा, फिल्डबुक र दर्ता स्रेस्तासमेतको अध्ययनबाट सो कित्ता नम्बर १ बाट कित्ताकाट गरी कित्ता नम्बर ५९ कायम गरी व्यक्तिको नाममा कायम गरेको कार्यलाई कानुनी भन्न मिल्ने आधारसमेत नभएको अवस्थामा सरकारी जग्गालाई सरकारी कर्मचारीकै मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको पुष्टि हुन आएको छ । सरकारी जग्गा हिनामिना दर्ता गराएको पाइएको भन्दै आयोगले मालपोत ऐन, ०३४ को दफा २४ (२) बमोजिम व्यक्तिको नाममा दर्ता बदर गरी नेपाल सरकारका नाममा स्रेस्ता कायम गर्न सरकारलाई सिफारिस गरेको थियो । जग्गा हिनामिनामा संलग्न व्यक्ति र कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत कारबाही गर्नसमेत आयोगले भने पनि अहिलेसम्म उनीहरूमाथि कारबाही गर्ने आ“ट सरकारले देखाएको छैन । यसैगरी, काठमाडौंको चण्डोलमा रहेको ५ रोपनी सार्वजनिक जग्गा मालपोत कर्मचारीस“गको मिलेमतोमा निजी स्कुलको नाममा दर्ता गरिएको छ । काठमाडौं महानगरपालिका–४ मा रहेको ४ रोपनी १४ आना जग्गा गुहेश्वरी बोर्डिङ स्कुलका नाममा दर्ता गरी कमिसन लिएकोसमेत पाइएको छ । आयोगको प्रतिवेदनअनुसार नगर वडा नं. २३ (ज) कित्ता नम्बर ३ मा पर्ने सो जग्गा फिल्डबुकमा ‘गौचर पर्ति’ भनिएको छ । ‘गौचर पर्ति’ भनी उल्लेख गरिएको जग्गाहरू व्यक्तिगत नहुने विद्यमान कानुनमा उल्लेख छ । सार्वजनिक यो जग्गा ३० वैशाख ०३४ मा स्कुलको नाममा दर्ता गरिएको भेटिएको छ । सो जग्गाको मिसिल नै मालपोत कार्यालय डिल्लीबजारबाट गायब बनाइएको छ । सुरुमा गुहेश्वरी प्राथमिक विद्यालयका नाममा सञ्चालित स्कुलपछि गुहेश्वरी बोर्डिङका नाममा बा“सबारीबाट सञ्चालन हु“दै आएको छ । तर, जग्गा बोर्डिङकै नाममा रहेको छ । धितोमा राखिएकाले हाल जग्गा रोक्का रहेको डिल्लीबजार मालपोत कार्यालयले जनाएको छ । स्कुलले हडपेको यो सार्वजनिक जग्गाको दर्ता बदर गरी पुनः सार्वजनिक कायम गर्न आयोगले सिफारिस गरे पनि सो सम्बन्धमा समेत कुनै चासो सरकारी निकायबाट दिइएको छैन । यसैगरी, पोखरामा मन्दिरको नाममा रहेको ३७ रोपनी जग्गा व्यक्तिहरूले कब्जा गर्दै आएको आयोगको प्रतिवेदनले खुलाएको छ ।पोखरा महानगरपालिका–१७ महतगौ“डा सीतापाइलास्थित मन्दिरको जग्गा कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । ओम सदा शिवजी सिद्धेशश्वर हरिहर महादेव मन्दिर रहेको र आसपासको जग्गा हिनामिना भएको भेटिएको हो । त्यहा“को ३६ रोपनी १४ आना १० पैसा जग्गा विभिन्न व्यक्तिको नाममा छ । छानबिन हुने डरले त्यससम्बन्धि फाइलसमेत मालपोत कार्यालयबाट गायब बनाइएको छ । ०३४ सालमा नापी हु“दा सो कित्ता नम्बर १६३३ जोताहामा पर्ति जनिई एक सय ५६ रोपनी ३ आना ३ पैसा ३ दाम भनी फिल्डबुकमा कायम भएको थियो । सोही जग्गा १२ फागुन ०३७ मा कित्ताकाट गरी हिनामिना गरिएको खुलेको छ । कित्ताकाट गरी कित्ता नम्बर २५२० को एक सय १९ रोपनी ५ आना २ पैसा ३ दाम जग्गा ‘जोताहा पर्ति’मै राखी कित्ता नम्बर २५१९ को ३६ रोपनी १४ आना जग्ग क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता गरिएको छ । रानाभाटको नामबाट हाल विभिन्न व्यक्तिको नाममा सो जग्गाको हक हस्तान्तरण भइसकेको छ । बा“की रहेको जग्गामा हाल एउटा वृद्धाश्रम छ । रानाभाटको नाममा दर्ता गर्नेसम्बन्धि फाइल नै मालपोत कार्यालय कास्कीबाट गायब बनाइएको छ । त्यससम्बन्धी निर्णय गर्ने र दर्ता मोठ स्रेस्तामा हस्ताक्षर गर्ने कर्मचारीको विवरणसमेत मालपोतले लुकाएको छ । नेपाल पुनर्बास कम्पनीका तत्कालीन योजना प्रमुख दिनेशराज शर्माको मिलेमतोमा १७ बिगाहा जग्गा व्यक्तिको नाममा दर्ता गराएकोसमेत भेटिएको छ । ०२२ सालमा पुनर्बास कम्पनीले पुनर्बास क्षेत्रभित्र आवाद गर्न वा आवाद गर्ने अनुमति पाएका व्यक्तिको दाबी परेको थियो । म्याद सकिएपछि स्थानीय विन्द्राप्रसाद कुर्मी र हनुमानदास कुर्मीले त्यहा“को २१ विगाहा जग्गाको सट्टा भर्ना पाउनका लागि निवेदन दिएका थिए । पुनर्बास कम्पनीको केन्द्रीय कार्यालयले उनीहरूलाई जग्गा दिन नमिल्ने निर्णय गरेको थियो । विन्द्राप्रसाद र हनुमानदासले अर्काे निवेदन दिएका थिए । २१ विगाहामध्ये १७ बिगाहा जग्गा झापाकी निलाकुमारी ढुंगेल तथा काठमाडौंकी मीना उपाध्यायको नाममा कायम गरी दिन निवेदन दिएको बताइएको छ । सोही आधारमा तत्कालीन योजना प्रमुख शर्माले जग्गााको सट्टाभर्ना दिने निर्णय गराएका थिए । ढुंगेल र उपाध्याय कर्मचारीकै आफन्त रहेका छन् । सम्बन्धित मालपोत कार्यालयलाई निलाकुमार ढुंगेल र मिना उपाध्यायलाई सट्टा भर्ना दिएका कित्ता नम्बर १४६, १४८, १४९, १५०, १५१, १५२ का जग्गाको दर्ता बदर गर्न नेपाल सरकारबाट मालपोत कार्यालय बा“केलाई निर्देशन दिन आयोगले सिफारिस गरे पनि कारबाही भने हुन नसकेको बताइन्छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०५:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP