Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • त्रिभुवन विमानस्थलको ५३ रोपनी जग्गा, भूमाफियाको कब्जामा
त्रिभुवन विमानस्थलको ५३ रोपनी जग्गा, भूमाफियाको कब्जामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १०, २०७८
Hardik health
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारसँगै दाँयातर्फ रहेको सरकारी जग्गा भूमाफियाको कब्जामा पारी आलिसान महल बनाइएको पाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डययन कार्यालय, गौचरको स्वामित्वको रहेको सो जग्गा ३० वर्षसम्म विवादित व्यवसायी समूहले कब्जामा लिई रजाइँं गर्दै आएको छ । सो जग्गालाई सम्बन्धित सरकारी निकायकै कर्मचारीसंगको सेटिङ मिलाई कौडीको भाउमा विवादास्पद व्यापारी दीपककुमार मलहोत्रा र नेपाली कांग्रेसको रसुवाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद मोहनकुमार आचार्यले विमानस्थलको ५३ रोपनी जग्गामा कब्जामा लिई महल ठड्याएका हुन् । उनीहरूले जालसाझीको लामो शृखंला पार गर्दै सरकारी स्वामित्वको सो जमिन कौडीको भाउमा हत्याएको आरोप लागेको छ । भवन बनेको स्थान काठमाडौं महानगरपालिका–९ ‘ग’ १ स्थित कित्ता नम्बर १३ को २ रोपनी ८ आना ३ दाम १ पैसा र कित्ता नम्बर १४ को ५० रोपनी ३ आना २ पैसा १ दाम गरी जम्मा ५२ रोपनी १२ आना १ पैसा २ दाम क्षेत्रफल रहेको जग्गा विवादित व्यापारीहरूको समूहले १० वर्ष अघिदेखि नै हत्याएको आरोप लागेको छ । उक्त जग्गा नागरिक उड्डययन प्राधिकरणले सवारीसाधन बाहिर निस्कने मार्ग, आगन्तुक प्रतिक्षाकक्ष, चमेना गृह, पर्यटक मनोरञ्जनका लागि पार्क, बगैँचालगायत विमानस्थल व्यावसायसँग सम्बन्धित कामका लागि भाडामा दिएको जनाएको छ । व्यापारी मलहोत्राको व्यापारिक साझेदार विमलकुमार पोद्दार र नेपाली कांग्रेस रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य आचार्यले रसुवा–केडी ज्वाइन्ट भेन्चर प्रालिको नामबाट सस्तोमा जग्गा कब्जा गरेको पाइएको छ । रसुवा केडी ज्वाइन्ट भेन्चर प्रालिलाई सरकारको ५३ रोपनी जग्गा बुझाउने वातावरण तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले ०६६ सालमै बनाई दिएकोसमेत खुलेको छ । २३ मंसिर ०६६ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले हवाइ विभागको स्वामित्वमा रहेको उक्त जग्गालाई मलहोत्रा नेतृत्वको कम्पनीलाई बुझाउने योजनाका साथ प्राधिकरणको स्वामित्वमा सारिएको थियो । सरकारको यो निर्णय गरेसंगै प्राधिकरणले सो जग्गामा विमानस्थलको आगमन क्षेत्रमा सवारी पार्किङ, बाहिर निस्कने मार्ग, प्रतिक्षा कक्ष, चमेना गृह, पार्क–बगैंचा, बालबालिका खेलस्थललगायत पूर्वाधार बनाउन मनसाय पत्र माग गरेको थियो । प्रस्ताव गर्ने उनीहरूकै ५ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए । छनोटमा परेका ३ वटा कम्पनीमध्ये प्राधिकरण प्राधिकरण संचालक समितिले २३ असार ०६७ मा मल्होत्रा, पोद्दार र आचार्य साझेदार रहेको ‘रसुवा केडी जेभी’ लाई सम्झौताको आधार तयार पार्न निर्देशन नै दिएको थियो । ३१ साउन ०६७ मा ३० बुँदे सहमति गरेको थियो । सो वर्षको १७ भदौमा फेरि अर्को सम्झौता भएको पाइएको छ । तर, २ वर्षसम्म कार्यान्वयनमा नआएर सरकार फेरिएसँगै तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको सरकार बनेको थियो । डा.भट्टराईकै नेतृत्वको सरकारले २८ असार ०६९ मा सोही विवादित व्यापारीहरूको समूहसँगै सम्झौता गर्न स्विकृति दिएपछि सरकारी जग्गा व्यापारीले कब्जा गर्न सफल भएको बताइन्छ । सरकारको स्विकृतिअनुसार २ कात्तिक ०६९ मा रसुवा केडी र प्राधिकरणबीच १३ बुँदे समझदारी गरेको थियो । सम्झौतामा विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक सतिशचन्द्र लाल सुमनले प्रथम पक्षको तर्फबाट हस्ताक्षेर गरेका छन् भने दोस्रो पक्ष अर्थात रसुवा केडीका तर्फबाट आचार्यले हस्ताक्षर गरेका छन् । विवादित व्यापारी मलहोत्राले भने साक्षीमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सोे समूह रसुवा केडी जेभीले विमानस्थलको ५३ रोपनी जग्गा कौडीको भाउमा पार्न सफल भएको छ । ५३ रोपनी जग्गाको भाडा वार्षिक ७८ लाख रूपैयाँ मात्र बुझाउने सर्तमा सो जग्गा भाडामा दिएकोसमेत खुलेको छ । अर्थात प्रतिरोपनी १२ हजार ५ सय रूपैयाँमा सो जग्गा भाडामा दिएको थियो तर पछि संशोधन गरी सो जग्गाको भाडा वार्षिक १ करोड ५६ लाख पु¥याइएको भनिएको भए पनि सो रकम भने उनीहरूले अझैसम्म तिरेका छैनन् । सो समूहले सम्झौता मै नभएको विमानस्थलको जग्गा र माटो उत्खनन् गरी बेच्नकै लागि अन्डर पार्किङ बनाएकोसमेत आरोप लागेको छ । सुरुमा पेस गरेको डिजाइनअनुसार भूमिगत पार्किङ नबनाउने र दुईतले भवनको भूइँतलामा पार्किङ बनाउने सम्झौता गरिएको थियो । प्राधिकरणकै लापरबाहीले ३७ फिट अग्लो दुई तलाको व्यावसायिक भवन बनाउने सम्झौताविपरीत ५२ फिट अग्लो, भूमिगत पार्किङसहितको पाँचतले भवन बनाइकोसमेत खुलेको छ । यो भवनले महानगरपालिकाबाट समेत इजाजत लिएको छैन । भवनको भूइँतलाको दायाँतर्फ ‘द बेकरी क्याफे’ सञ्चालित छ । अर्को गेटसमेत सम्झौताविपरीत निर्माण गरिएको छ । सो भबनमा प्रभु बैंकको शाखा कार्यालय छ । तेस्रो तलामा ज्योति विकास बैंक छ । यी बैंकहरूको विमानस्थल व्यावसायसँग कुनै सम्बन्ध छैन । बाहिरका मान्छे आउने गरेका छन् । तर सम्झौतमा भने विमानस्थल व्यावसायसँग सम्बन्धित व्यावसाय भन्ने उल्लेख गरिएको छ । चक्रपथ क्षेत्रको ग्राहक तान्न ठूलो गेट बनाइएको छ । सम्झौतामा भने ‘चेन लिंक फेन्सिङ’ (तारबार) गरी जग्गाको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । सम्झौता विपरीत सो भबनमा व्यवसायिक रूपमा खुलाइएको छ । प्राधिकरणले २०७५ चैतमा निमित्त उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा सात सदस्यीय ‘समस्या समाधान समिति’ बनाएको थियो । जसले ०७६ वैशाखमा बुझाएको अध्ययन प्रतिवेदनमा ‘सम्झौताविपरीतको ढाँचामा बनाइएको भवनको सुरक्षा अवस्था र त्यसले उडान सुरक्षामा पार्ने सम्भावित असरबारे सरकारी निकायबाटै जाँच गरी आवश्यक परे भत्काउन’ सिफारिस गरेको थियो । तर, निरौला समितिले भत्काउन सिफारिस गरे पनि यो भवनको बारेमा कुनै कारबाही अगाडि बढाइएको पाइएको छैन । नेपालमा सामसुङ मोबाइलको व्यापार गर्दै आएका आइएमसका मालिकका रूपमा रहेका मलहोत्रा मोबाइल, घरजग्गा, अटोमोबाइल्सलगायत दुईदर्जन क्षेत्रमा संलग्न विवादित व्यापारी हुन् । विमानस्थलको जग्गा हत्याउने रसुवा केडी ज्वाइन्ट भेन्चरको सम्पूर्ण सेयर यतिबेला भने मलहोत्राको नाममा रहेकोसमेत बताइएको छ । ०५५ सालमा गठित सांसद परि थापाको नेतृत्वमा गठित राजस्व चुहावट नियन्त्रण समितिले बुझाएको प्रतिबेदनमा मलहोत्रालगायत व्यक्तिहरू सुन तस्करीका संलग्न रहेको खुलाइएको थियो । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणका अभियुक्त विमल पोद्दारले समेत बयानमा मलहोत्राको नामसमेत मुछेको स्रोतको दाबी छ । विमानस्थलकै महाप्रबन्धक नियुक्तीमा समेत उनको चलखेल हुने गरेको बताइएको छ । त्यसकारण पनि उनले विमानस्थलकै अघिल्तिर मापदण्ड विपरीत भवन बनाउँदासमेत प्राधिकरणका उच्च अधिकारी मौन रहन पुगेको बताइएको छ । सो सम्बन्धमा पटकपटक मलहोत्रासँग सम्र्पक गर्दा उनले फोन लामो समयसम्म ‘बिजी’ रहेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP