

काठमाडौं – चर्को शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले कलेजमा तालाबन्दी गरेको छ ।
सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि तोकेकोभन्दा बढी र अन्य अतिरिक्त शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले संयुक्त प्रेस वक्तव्य जारी गरी आज तालाबन्दी गरेका छन् ।
केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्दै तालालबन्दी गरेको संगठनले विज्ञप्तिमा जनाएको छ ।
एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको संगठनले बताएको छ । छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्य लिन खोजेको स्वत विद्यार्थी र अभिभावकलाई लुट्ने प्रयास भएको संघको जिकिर छ ।
यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले विज्ञप्तिमार्फत माग गरेको छ । विद्यार्थीहरुको जायज मागको सम्बोधन नभएमा आन्दोलनले नै सबै विषयको छिनोफानो हुने चेतावनी विज्ञप्तिमा दिएका छन् ।