Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पुनर्बिमा कम्पनीको लाइसेन्स प्रकरण, शक्ति केन्द्रबीच टकराव
पुनर्बिमा कम्पनीको लाइसेन्स प्रकरण, शक्ति केन्द्रबीच टकराव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ९, २०७८
Hardik health
काठमाडौं– नयाँ पुनर्बिमा कम्पनीको लागि अनुमति पत्र (लाइसेन्स) लिनका लागि शक्तिकेन्द्रहरूबीच टकराव उत्पन्न भएको तथ्य फेला परेको छ । आवेदक पाँच कम्पनीका लगानीकर्ताको आपसी टकराव र शक्ति केन्द्रसम्मको पहुँचका कारण नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स प्रकरण पेचिलो बन्दै गएको हो । शक्ति केन्द्रहरूसँग सहजै पहुँच भएका लगानीकर्ताहरूमध्ये ५ वटा आवेदन परेसँगै अन्यले भने लाइसेन्स पाउने सम्भावना नै टरेर गएको छ । नयाँ पुनर्बिमा कम्पनीका लागि बिमा समितिले १६ बैशाखमा आवेदन माग गरेको थियो । समितिले हाल सञ्चालनमा रहेको नेपाल पुनर्बिमा कम्पनीमा लगानी गरेकाहरूले नयाँ कम्पनीमा लगानी गर्न नपाउने गरी आवेदन आह्वान गरेको भए पनि समितिले भने निषेधाज्ञा सुरु भएकै दिन आवेदन खुलाएर नयाँ लाइसेन्स प्रक्रिया अगाडि बढाएकाले अहिले विवाद उत्पन्न भएको छ । समितिले गत ११ जेठमा फाइल खोलेको फाइलमा एकाएक नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स माग्दै ५ वटा कम्पनीले आवेदन दिएका थिए । जसअनुसार अन्नपूर्ण रि–इन्स्योरेन्स, जेन्युइन रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्सले आवेदन दिएका थिए । तर, हिमालयन रि–इन्स्योरेन्सले भने शक्तिकेन्द्रकै आँडमा चोरबाटो प्रयोग गरी आवेदन दिएको आरोप लागेको छ । एउटा मात्रै पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने भन्दै निकालिएको आवेदनमा शक्ति केन्द्रकै टक्कर पर्न गएपछि अहिले विवादले भित्रभित्रै उग्ररूप लिँदै गएको छ । आवेदन दिएका पाँच वटै कम्पनीमा शक्ति केन्द्रलाई रिझाउन पछि लागेका छन् । नयाँ लाइसेन्सका लागि एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरू पशुपति मुरारका र भवानी राणा, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनका पूर्वअध्यक्ष शेष घले, चौधरी ग्रुपका वसन्त चौधरी, पवन गोल्यानलगायतले आङ्खनो कम्पनीलाई लाइसेन्स दिलाउनका लागि शक्ति केन्द्रमा धाइरहेको बताइएको छ । शक्ति केन्द्रकै आडमा अकस्मात् आवेदन दिन पुगेको हिमालयन रि–इन्स्योरेन्सलाई तत्कालीन प्रधानमन्त्री केपी ओली आशिर्वाद पाएपछि निवेदन दिएको आरोप लागेको छ । यस कम्पनीमा हाइड्रोपावर क्षेत्रमा बिचौलियाको आरोप खेपेका दीपक भट्टको समेत संलग्नता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल तथा विवादास्पद व्यवसायी सुलभ अग्रवालको समेत लगानी रहेको छ । केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ताको समेत लगानी रहेको सो कम्पनीलाई समितिले तत्कालीन समयमा सञ्चालन अनुमति दिएको थियो । अनुमति पाएको हिमालयन रि–इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको जनाइएको छ । १० करोड कित्ताको कम्पनी भएकाले प्रतिकित्ता १ सय रूपैयाँमा थप १० रूपैयाँका दरले अतिरिक्त रकम उठाउँदा १ अर्ब रूपैयाँ कमिसन मात्र बिमाको सञ्चालक समितिलाई बुझाएको खुलेको छ । तत्कालीन प्रधानमन्त्री ओलीनिकट व्यक्तिको सेटिङमा सो कम्पनीलाई स्वीकृत गरेको आरोप लागेको छ । निजी क्षेत्रका व्यवसायीले १ अर्ब रूपैयाँ बुझाउने प्रतिबद्धतासँगै केही रकम बुझाएपछि लाइसेन्स दिइएको छ । गत १६ बैशाखमा प्रस्ताव आह्वान गरेको बिमा समितिले ५ जेठसम्ममा प्रस्ताव दर्ता गर्न समय दिएको थियो । समितिले जेठको तेस्रो साता द्रूतमार्गमा अनुमति दिएको थियो । नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर, शंकर ग्रुपका शाहील अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायत व्यापारीले लाइसेन्स दिन दबाब दिएका थिए । बिमा समितिमा यसअघि नै केही कम्पनी दर्ता भएको भए पनि सेटिङअनुसार पुराना आवेदन रद्द गरेर बिमा समितिले पुनः नयाँ कम्पनीका लागि आवेदन खुला गरेको थियो । अर्थमन्त्री जनार्दन शर्मा समक्ष गलत ब्रिफिङ गरी विदेश जाने रकम नेपालमै राख्ने भन्दै बिमाको सिद्धान्त, मूल्य र मान्यताविपरीतको निर्णय गर्नसमेत सहमति लिएको खुलेको छ । अर्थ मन्त्रालयलाई झुक्याएर गरिएको उक्त निर्णय अब के हुन्छ, प्रतिक्षाको विषय बनेको छ । सो कम्पनी गत १७ जेठमा कम्पनीले प्रारम्भिक आशय पत्र प्राप्त गरेपछि २३ जेठ आइतबार गैरसरकारी पब्लिक कम्पनीको रूपमा दर्ता गराएको पाइएको छ । कम्पनीको दर्ता नम्बर २६३६१८ रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०५:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP