

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको १२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । फाइनान्सका अध्यक्ष कुसप्रसाद मल्लीको अध्यक्षतामा शुक्रबार प्रत्यक्ष र भर्चुअल माध्ययमबाट सम्पन्न भएको साधारणसभाले गत आर्थिक वर्ष २०७७÷०७८ को मुनाफा बाट वितरण हुने १५ दशमलब ९७ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
फाइनान्सको चुक्ता पुँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रूपैयाको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रूपैयाँ बराबरको लाभांश प्रस्ताव पारित भएको हो । १५ प्रतिशतका दरले बोनस सेयर तथा नगद लाभांश (कर प्रयोजनार्थ) ०.७९ प्रतिशत पारित भएको हो । वित्तिय कम्पनीहरू मध्ये उत्कृष्ट बन्ने यात्रामा फाइनान्स अगाडी बढेको साधारणसभामा बाल्दै अध्यक्ष मल्लीले बताए । फाइनान्सले देशभर २० वटा शाखामार्फत आधुनिक बैकिङ सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।
प्रविधिको उच्चतम प्रयोग गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा अझै बढी ग्राहकमुखी सेवा प्रदान गर्ने उनले बताए । सामाजिक उत्तरदायित्व बहन अन्र्तगत पनि सस्थाले समय समयमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको श्रेष्ठले बताए ।