
काठमाडौं– व्यवसायी ज्ञानेन्द्र शर्माले आङ्खनो बारेमा पत्रकार इन्जिना कार्कीले षड्यन्त्रपुर्वक कार्यहरू गरेको आरोप लगाएका छन् । शर्माले सम्मेलन गर्दै कार्कीले आफूमाथि धाक धम्की र डर देखाएर २० लाख मागेको र १६ लाख दिन तयार भएपछि पटक पटक गरी केही रकम दिंदा पनि धम्की दिन नछाडेको दाबी गरे । आफूलाई डरधम्की देखाएर ठगी गरेको प्रमाणित भएपछि आत्तिएर तथानाम आरोपहरू लगाएको बताए ।
शर्माले कार्की पुस २० गते जिल्ला अदालतको इजलासबाट १३ लाख ५४ हजार धरौटीमा निस्किएको भन्दै त्यसको प्रमाण आफूसँग भएको बताए । दुईजनाबिच गत वर्षको फागुनबाट संवाद सुरु भएको जानकारी दिए । उनले आङ्खनो नेपालगञ्जमा गोर्खाटोबाको कम्पनी भएको र १०० जनालाई रोजगारी दिइरहेको बताए । गत फागुनमा आन्तरिक राजस्व कार्यालयमा अनुसन्धानमा फुल अडिटको लफडा भएको र त्यसको बारेमा कार्कीले कतैबाट सूचना पाएर आफूलाई सम्पर्क गरेको सुनाए । ‘उहाँ कुनै पनि हालतमा सामान्य महिला होइन । उहाँको शैली क्षमता कुनै पनि हिसाबले सामान्य छैन, उहाँ निकै चतुर हुनुहुन्छ,’ शर्माले भने,‘मैले त उहाँको डरधम्की धेरै भोगेको छु । यसको प्रमाणहरू पनि पेश गर्न सक्छु ।’
कार्कीले आफूलाई फोन गरेर यस्तो समाचार आएको छ के हो सत्यतथ्य भनेपछि आफूले एक हप्तामा काठमाडौं आउछु अनि बताउँला भनेको स्मरण गराए । काठमाडौंमा आएर राजस्वको बारेमा के हो भनेर कार्कीले सोधेपछि आफुले अनुसन्धानको क्रममा रहेकोले बताउँन मिल्दैन भनेको स्मरण गराए । शर्माले आफ्नो कम्पनीमा भारतबाट चामल, दाल ल्याएर विक्रि गर्दै आएको करोडौंको ट्रान्जजेक्सन, सबै कारखाना बन्द गराइदिने चेतावनी दिएपछि आफू डराएको सुनाए ।
‘मैले यी च्यानललाई दिनुपर्छ होइन भने इन्डियाबाट मान्छे परिचालन गरेर व्यापार पनि बन्द गराइदिन्छु । यहाँ पनि अख्तियारमा पनि मेरो ठुलो मान्छे छ । सेनापति मेरो मान्छे हो, प्रहरी र नेता पनि मेरा मान्छे हुन् भनेर ठुलो डर त्रास देखाएपछि व्यापार चौपट होला भनेर म डराएँ,’ उनले भने । यी डर सुनिसकेपछि तपाईको मनसाय के हो ? भनी सोध्दा २० लाख रूपैयाँ कार्कीले मागेको जिकिर उनको दाबी थियो । १६ लाख रूपैयाँ सबै मिडियालाई दिनुपर्छ बाँकी मलाई पनि दिनुपर्छ भनेर थर्काएको शर्माले सुनाए । व्यापार डुबाउने डरले १६ लाख दिन आफू तयार भएको उनले बताए ।
राति १० बजेपछि मात्र डेढ सय भन्दा बढी आङ्खनो मोवाइलको वाट्स्अपमा मिस्कल भएको बताए । आफूले कहिल्यै पनि कल रिसिभ नगरेको उनको जिकिर गरे । आफुलाई अत्यधिक अमानविय व्यवहार गरेपछि जि न्युज मा बुझ्न गएको र उनले भनेको केही नभएको र खतरा नदेखेपछि आफु प्रहरीमा गुहार माग्न गएको बताए । उनले कार्कीले आरोप लगाएजस्तो कुनै सहकारी संस्था नभएको स्पष्ट पारे ।