पोखरा- अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज बगाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. १ जोड्ने उक्त सडक पुल गएराति नदीको बहाव अत्यधिक बढेपछि बगाएको हो।
कालीगण्डकी जलविद्युत् आयोजना नजिकै रहेको उक्त पुल बाढीले बगाएको पुष्टि गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले वस्तुस्थिति अध्ययन र क्षति मूल्याङ्कनका लागि प्राविधिक टोलीसहित घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए।
पुल बगेसँगै सो क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। बाढीका कारण क्षेत्रमा परेको अन्य भौतिक वा मानवीय क्षतिको विवरण भने आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।
हेर्नुहोस भिडियो: