Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
  • #जिप दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘देउवा सरकारको ६ महिना त्यत्तिकै बित्यो’
‘देउवा सरकारको ६ महिना त्यत्तिकै बित्यो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३०, २०७८
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रूपमा व्यतित भएको टिप्पणी गरेका छन् । देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम नभएको बताएका हुन् । भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले सरकारको ६ महिनाको कामको समिक्षा गर्दा कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले प्रतिपक्षी दललाई गाली गरेर आफ्नो अभिव्यक्ति सुरु गरेको स्मरण गराए । भट्टराईले वर्तमान सरकार जनादेशले नभएर परमादेशले गठन भएको उल्लेख गरे । उनले यसअघिको आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले विकास निर्माणको धेरै काम गरेको स्मरण गराए । अहिले विकास आयोजनाको कुरामा पनि यसअघिका योजनाहरू बेवारिसे बनेको गुनासो थियो । त्यस्तै, प्रशासनको तर्फको कुरा गर्दा पनि बेथिति मात्रै रहेको उनको टिप्पणी थियो । उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएकोपनि आरोप लगाए । भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने पनि बताए । उनले एमालेले माओवादी केन्द्रसँग बाध्य भएर पार्टी एकता गर्नुपरेको पनि टिप्पणी गरे । उनले वर्तमान सरकारले खोपको उचित व्यवस्था गरेको छ भनेर भनिएकोमा यसमा पनि ओली सरकारकै योगदान रहेको सुनाए । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे । उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाईएको भएपनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । उनले आफूहरूको सरकारको नेतृत्वमा आउनेवित्तिकै पदमुक्त भएका सांसदहरूको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रूपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरी) का विरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ । त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे । उनले हिजोका दिनमा आफूहरूले प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । उनले नेपालको भूमीमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भत्र्सना गरे । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले पाँच दलीय गठबन्धन बन्नु बाध्यता रहेको पनि उल्लेख गरे । उनले अहिले सदनमा अवरोध कायम रहेकोबारे पनि आक्रोश पोखे । माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले बालहठ देखाएको पनि उनको आरोप छ । उक्त विषय अहिले अदालतमा रहेको सुनाउँदै उनले एमालेले यो विषयमा संसद् अवरोध गर्नु गलत रहेको टिप्प्णी गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ :  अध्यक्ष    ओली
पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष    ओली बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP