
काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पाँच सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे महासंघले जनाएको छ । चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।