Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक गतिविधि प्रभावित
राजनीतिक गतिविधि प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २८, २०७८
267438503_239086331636341_4019037125943534740_n111
Hardik health
काठमाडौं– पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि कोरोना भाइरसबाट संक्रमित भए । उनलाई बधाई दिन पुगेका अधिकांश नेता कार्यकर्तालाई पनि कोरोना संक्रमण देखियो । उनलाई बधाई दिन गएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू आइसोलेसनमा बसे । यद्यपि, देउवाको कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको छ । तर, केही मन्त्रीहरू, माओवादी केन्द्रका नेताहरू तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू कोरोना संक्रमणको सिकार बनेका छन् । काठमाडौंमा एक साता लामो भएको महाधिवेशनमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको अवस्था छ । मंगलबार देशभर २ हजार ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबारको तुलनामा १ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । त्यसमध्ये काठमाडौ उपत्यकामा मात्र १ हजार २८६ जना नयाँ संक्रमित थपिएका छन् । यस हिसावले हर्दा कोरोना भाइरसको संक्रमणको ‘हटस्पट’ काठमाडौं बनिरहेको छ । यसको प्रमुख कारणका रूपमा राजनीतिक दलका कार्यक्रमलाई पनि लिन सकिन्छ । काठमाडौंमा हालैमात्र नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुनुका साथै उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमै ठूलो संख्यामा उपस्थिति गराउँदै एमालेले जिल्ला अधिवेशन सम्पन्न गरेको छ । कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरूले आङ्खना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेको छैन । राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरूले आङ्खना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् । पुस चौँथो साताको सुरुवातदेखि काठमाडौंलगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । सर्वसाधारणका अलावा नेता र मन्त्रीहरूमा समेत कोरोना संक्रमण पुष्टि हुनुका साथै कतिपय मन्त्री कन्ट्याक्ट ट्रेसिङमा परेकाले सोमबारको मन्त्रिपरिषद बैठक बस्न नसकेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई सोमबार कोरोना संक्रमण पुष्टि भएको छ भने सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अन्य मन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार ५ जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश अधिवेशन भने स्थगित गरेको छ । कोरोना त्रासकै बीच एमालेले ५० भन्दा बढी जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छाने पनि प्रदेश अधिवेशन भने सारेको हो । प्रचार विभाग उपप्रमुखसमेत रहेका नेता विष्णु रिजालले पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला अधिवेशनहरू भएको भन्दै अबको एकदुई दिनभित्रै सकिने भएकाले नरोकिएको बताएका छन् । तर, एमालेले ८ माघमा गर्ने भनी तय गरेको प्रदेश अधिवेशन भने स्थगित गरेको छ । एमालेले मंगलबार सूचना जारी गर्दै प्रदेश अधिवेशन सारिएको जानकारी दिएको हो । एमालेले यसअघि तय गरिएको मितिभन्दा प्रदेश अधिवेशन २० दिन पर सारेको छ । एमालेले ८ माघमा गर्ने भनेको अधिवेशन २८ माघमा गर्ने गरी सारेको हो । रिजालले पनि कोरोना संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको जानकारी दिएका छन् । पुस दोस्रो साता राष्ट्रिय महाधिवेशन गरेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २५ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको थियो । उक्त बैठकबाट पार्टी पदाधिकारी चयन गर्ने तयारी भए पनि नेताहरूमा धमाधम कोरोना संक्रमण देखिएपछि उक्त बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायत झण्डै १ दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफैलाई कोरोना संक्रमण भएपछि उनले कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै धेरै व्यक्तिको उपस्थिति हुने सभा तथा सम्मेलन हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन निर्देशन दिएका छन् । त्यस्तै, उनले पार्टीका आन्तरिक भेला बैठक स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेरमात्रै राख्न अपिल गरेका छन् । ‘थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न सम्पूर्ण पार्टी पंक्तितलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले जारी गरेको अपीलमा भनिएको छ, ‘सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरूमा तोकिएका कमरेडहरू मात्र सहभागी हुने व्यवस्था गर्न–गराउन निर्देशन गरिन्छ ।’ विवेकशील साझा पार्टीले पनि कोभिडका कारण पूर्व निर्धारित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ अभियान स्थगित गरेको छ । कञ्चनपुरबाट २७ पुसमा सुरु गरेर सहिद दिवसका दिन १६ माघमा झापामा अन्त्य गरिने भनिएको कार्यक्रम कोभिड संक्रमण बढेकाले जनस्वास्थ्यलाई ख्याल गर्दै स्थगित गरिएको हो । राप्रपाका नेता कमल थापाले २७ पुसबाट गर्ने भनेको राष्ट्रिय एकता अभियान पनि स्थगित गरेका छन् । कोरोना संक्रमण बढेपछि थापाले उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP