
सिरहा– गोलबजार–९ र ११ मा बसोवास गर्ने गरिब तथा विपन्न समुदायहरूलाई लक्षित गर्दै बलकावा ईलाकामा शितलहरबाट प्रभावित अति विपन्न मुसहर तथा गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई राहत वितरण गरिएको छ । उक्त जिल्लामा तैनाथ नेपाली सेना अन्तर्गतका युनिटहरूको आपसी समन्वय तथा सहकार्यमा आइतबार खाद्यान्न, न्यानो कपडा तथा ब्ल्याङकेट वितरण गरिएको हो ।
उक्त कार्यमा हेस्रा नेपाल, नेपाल रेडक्रस सोसाईटी र अजिज फाउण्डेसन काठमाडौंको सहयोग तथा सहकार्य रहेको थियो ।
त्यसैगरी, पाँचथर जिल्लामा तैनाथ नेपाली सेनाको गणद्वारा शुक्रबार पाँचथर जिल्ला, फालेलुङ्ग गाँउपालिका–५, प्राङ्गबुङ्गस्थित कालिका मा.वि. मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र÷छात्राहरूलाई जनसेवा समाज पाँचथरको संयोजकत्व एवं सशस्त्र प्रहरी बल नेपाल र स्थानीय समाजसेवीको सहयोगमा जाडोमा लगाउने न्यानो कपडा तथा शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।